शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्काभेटर खोलामा खस्दा तीन जना घाइते

शनिबार, ०१ पुस २०७४, ०८ : ३९
शनिबार, ०१ पुस २०७४

दार्चुला - जिल्लाको मालीकार्जुन गाउँपालिका ८ पस्ती नजिक अनटेष्ट स्काभेटर दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन । 

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बैतडिबाट दार्चुला सदरमुकाम आउँदै गरेको नयाँ स्काभेटर ऐरिछाना र पस्तीको बिचमा पर्ने भर्कोट खोलामा खस्दा तीन जना घाइते भएका हुन् । 

घाइतेलाइ उपचारको लागि दार्चुला जिल्ला अस्पताल खलंगा लगिएको छ ।

शुक्रबार साँझ ७ बजेतिर दुर्घटना भएको हो ।  घाइते तिनै जना बोल्न नसक्ने अवस्थामा भएकोले उनीहरुको परिचय खुल्न नसकेको प्रहरीले रातोपाटीलाई बतायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र प्रसाद जोशी
लोकेन्द्र प्रसाद जोशी

जोशी रातोपाटीका दार्चुला प्रतिनिधि हुन् । 

लेखकबाट थप