शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा ठडियो धरहरा, दर्शकको घुइँचो

शनिबार, ०१ पुस २०७४, ०८ : ३१
शनिबार, ०१ पुस २०७४

कपिलवस्तु - कपिलवस्तुको जितपुरमा जारी प्रदर्शनीमा राखीएको नमुना धरहरा हेर्न आउनेको घुइँचो लागेको छ । 

भुकम्पले ध्वस्त पारेको धरहराको झल्को दिने गरी राखएिको नमुना धरहरा हेर्नकै लागी दिन प्रतिदिन दर्शकको भीड लाग्ने गरेको महोत्सवका निर्देशक दिनेश क्षेत्रीले रातोपाटीलाई जानकारी दिए ।

भुकुम्पले धराहरा ढलेपछि अब कहिले र कस्तो बन्ला भन्ने सबैमा कौतुहलता जागीरहेको बेला प्रर्दशनीमा पुरानो धरहराको झल्को दिनेगरी महोत्सवको सचिवालय नजिकै बनाईएको सुन्दर नमुना धरहराले दर्शकको मन तानीरहेको छ । 

शुक्रबारसम्म ७० हजार भन्दा बढी दर्शकले प्रदशनीको अवलोकन गरेका छन् । दर्शकको पहिलो नजर नै धरहरामा जाने गरेको महोत्सवका संयोजक राजकुमार खाँणले बताए ।

महोत्सवको मुख्य आकर्षणका रुपमा धरहरा नै रहेको दर्शकहरुले बताएका छन् । 

वाणगंगा ९ पडरियाकी लक्ष्मी अर्यालले भनिन्, “धरहरा हेर्ने सारै मन थियो, हेर्न नपाई ढल्यो त्यसैले यहाँ हेर्न आएकी हुँ ।” यहाँ आउने धेरैको भनाई उस्तै छ ।

“एक्काइसौं शताब्दीको आवश्यकता, युवा उद्यमशिलता” नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी यही मंसिर २३ बाट सुरु भएको हो । 

महोत्सव पुष ५ गते सम्म जारी रहने छ । युवाहरुको संगठन बाणगंगा वेलफेयर सोसाइटीले आयोजना गरेको महोत्सवबाट ५ करोड भन्दा बढीे आर्थिक कारोबार गर्ने लक्ष्य  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप