शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङ बरेङदेखी काठमाडौंसम्म सिधा बस सञ्चालन

शनिबार, ०१ पुस २०७४, ०८ : २२
शनिबार, ०१ पुस २०७४

बागलुङ - बागलुङको बरेङबाट काठमाडौंसम्म पहिलो पटक सिधा बस सञ्चालनमा आएको छ। बिहिबार साँझ साढे ५ बजे काठमाण्डौंदेखि छुटेको बा ३ ख ९१८० नम्बरको बस बागलुङ, कुश्मीशेरा, राङखानी हुदैं बरेङ गाउँपालिका १ बरेङ पुगेको छ । 

शनिबार (पौष १ गते)देखि बरेङ काठमाण्डौं नियमित यातायात सञ्चालनमा आउने बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले रतोपाटीलाई जानकारी दिए । 

अब प्रत्येक दिन दिउसो १२:३० बजे बरेङदेखी काठमाडौंका लागि र काठमाडौंदेखि साँझ ५:३० बजे बरेङका लागि बस छुट्ने अध्यक्ष शर्माले बताए । 

बस सञ्चालनमा आउँदा त्यस क्षेत्रका स्थानीय खुसी भएका छन ।

काठमाण्डौबाट आएको गाडीलाई ठाँउ ठाँउमा रोकेर बरेङ बजारवासीले बस स्टाफ र बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा वडा सदस्य क्षत्र बहादुर थापा लगायतलाई अबिर र फुलमालाले स्वागत गरे । 

स्थानीयको माग र आवश्यकतालाई मध्यनजर गरेर सिधा यातायात संचालनमा ल्याईएको बताईएको छ। अब बरेङ र त्यस आसपासका समुदायलाई देशको राजधानी काठमाडौंसँग सिधा यातायात मार्फत जोडिन सहज भएको छ ।

-थम्मन थापा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप