बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङमा १५ जनाको जमानत जफत: जसले १० प्रतिशत मत कटाउन सकेनन्

शनिबार, ०१ पुस २०७४, ०८ : १६
शनिबार, ०१ पुस २०७४

बागलुङ - प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका १५ जना उम्मेदवारको जमानत जफत भएको छ । 

निर्वाचनमा खसेको कुल सदर मतको १० प्रतिशत मत कटाउन नसकेका कारण १५ जना उम्मेदवारको जमानत जफत भएको निर्वाचन कार्यालय बागलुङले जनाएको छ । 

जिल्लामा प्रतिनिधिसभामा एक एक र प्रदेशसभा १ र २ मा दुई दुई जना उम्मेदवारले जमानत जोगाउन सफल भए भने बाँकी सबै उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी श्याम थापाले जानकारी दिए । 

थापाका अनुसार नेपाली काग्रेसका उम्मेदवार बाहेक अन्य साना दलका उम्मेदवारले जमानत जोगाउन सकेनन । बागलुङमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ५६ हजार ५ सय ६१ मत खसेको थियो । जसमध्ये ५४ हजार ९ सय ३६ सदर भएको थियो । 

प्रतिनिधिसभा क्षेत्र नम्बर १ तर्फ नयाँ शक्ति पार्टीका उम्मेदवार कृष्णप्रसाद शर्मा (२५६), एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका सुमनजंग राजभण्डारी (८००) संघीय समाजवादी फोरमका महेन्द्र जिसी र नेकपा मालेका निलबहादुर क्षत्री (११५)को जमानत जफत भएको थापाले जानकारी दिए । 

त्यस्तै प्रदेशसभा क्षेत्र नम्बर १ को क मा नयाँ शक्ति पार्टीका कृष्ण शर्मा (१४९), एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका जयलाल सापकोटा (९८), संघीय समाजवादी फोरमका बद्रीकुमार श्रेष्ठ (८९) मत प्राप्त गरे पनि जमान जोगाउन पर्याप्त भएन । 

क्षेत्र नम्बर– १ को क मा ३० हजार दुई सय ४० मत खसेको थियो । २५ हजार ४० मत खसेको क्षेत्र नम्बर– १ को ख मा नयाँ शक्ति पार्टीका उम्मेदवार युनिस मियाँको उमानत जफत भएको छ । उनले ३१० मत प्राप्त गरेका थिए । 

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर– २ मा संघीय समाजवादी फोरमका उम्मेदवार यामबहादुर घर्ती (१८०), आमुल परिवर्तन मसिहा पार्टी (२६२), देशभक्ति गणतान्त्रीक मोर्चाका निलबहादुर पुन (५८६)को जमानत गुमेको छ । 

क्षेत्र नम्बर २ मा ४९ हजार सात सय ६० मत खसेको थियो । जमान सुरक्षित गर्न न्युनमत कुल सदरमतको १० प्रतिशत अर्थात चार हजार ९ सय ७६ मत ल्याउनुपर्ने सूचना अधिकारी थापाले बताए । 

त्यस्तै २९ हजार दुई सय १६ मत खसेको क्षेत्र नम्बर २ को प्रदेश क मा संघीय समाजवादी फोरमका विरबहादुर दर्जी (२५५) मत प्राप्त गरे पनि जमानत जफत भएको छ । 

क्षेत्र नम्बर २ को ख मा संघीय समाजवादी फोरमका यमकुमार पुन (१५६), आमुल परिवर्तन मसिहा पार्टी नेपालका दिलबहादुर विक (१५६), नयाँ शक्ति पार्टीका टेकबहादुर कुॅवर (७७)ले जमानत गुमाएका छन । सो क्षेत्रमा २० लाख ८ हजार ९७ मत खसेको थियो ।

-थम्मन थापा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप