शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन विरोधी गतिविधिमा संलग्न विप्लव र सिके राउतका कार्यकर्ता पक्राउ

बुधबार, १४ असार २०७४, १४ : २०
बुधबार, १४ असार २०७४

झापा । निर्वाचन विरोधी गतिविधिमा संलग्न छ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा नेकपाका पाँच र डा सिके राउतको पर्चा बाँड्दै हिँड्ने एक जना छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार नेकपाका मेची ब्युरो इन्चार्ज सुमन लिम्बू र सदस्य डिल्लीकुमार मैनाली, झापा जिल्ला इन्चार्ज उमेश अधिकारी, सेक्रेटरी तारा थापा र ‘जनसरकार’ प्रमुख सुमनसिंह पौडेल तथा गौरीगन्ज – ३ निवासी ४५ वर्षीया कैशीला महतो छिन् । 

उनीहरुलाई निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि शर्माले जानकारी दिए । 

किरियापुत्रीबाट मतदान 

बिर्तामोडस्थित नेपाल खाद्य संस्थान मतदान केन्द्रमा बिर्तामोड – १ निवासी किरियापुत्री चेतनाथ तिम्सिनाको परिवारले आज बिहान मतदान गरेको छ । 

पिताको निधनपछि चेतनाथ तीन दिनअघिदेखि किरियामा रहेका छन् । रासस 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप