चार अर्बको गोली किन्न दबाब: अर्थमा फाइल अड्कँदा प्रधानमन्त्री कार्यालयमा तनाव
नेपाल प्रहरीसँग गोली नै छैन भन्दै ४ अर्बको गोलीगट्ठा किन्न गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयमा दबाब बढाएका छन् ।
प्रतिनिधि र प्रदेशसभा चुनावअगाडि नै प्रक्रिया सुरु भए पनि मन्त्री फेरिँदा खरिद प्रक्रिया रोकिएको हो । आजको नागरिक दैनिकमा खबर छ ।
गृहमा जनार्दन शर्मा हुँदा नै अर्थमा साढे २ अर्ब रुपैयाँ बराबरको गोली र डेढ अर्ब रुपैयाँ बराबरको अन्य सामाग्री खरिद प्रस्ताव पुगेको थियो ।
गोली नेपाली सेनाबाट किन्ने कि अन्य देशबाट भन्ने विषयमा सहमति हुन नसक्दा रोकिएको खरिद फाइल अगाडि बढाउन अहिले दैनिक दबाब आउने गरेको जानकार एक अधिकारीले बताए ।
स्रोतका अनुसार माओवादी नेता शर्माले गृहमन्त्री छँदा सुरक्षा निकायलाई आधुनिकिकरण गर्ने भन्दै हतियारसँगै हेलिकोप्टरसमेत खरिद गर्ने प्रस्ताव अगाडि बढाएका थिए ।
अर्थका अधिकारीले हेलिकोप्टर खरिद प्रस्ताव स्वीकार नगर्दा सो प्रयास पूरा हुन पाएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी