शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

थबाङ पुगेर अनन्तले मतदातालाई दिए धन्यवाद

शुक्रबार, २९ मङ्सिर २०७४, १७ : ०५
शुक्रबार, २९ मङ्सिर २०७४

रोल्पा– प्रतिनिधिसभामा निर्वाचित भएपछि माओवादी केन्द्रका नेता एवम् पूर्व अर्थमन्त्री वर्षमान पुन ’अनन्त’ले थबाङ पुगेर मतदातालाई धन्यवाद दिएका छन् । थबाङमा एक रात बसेका अनन्तलाई पूर्व सांसद वरमान बुढालगायतले भव्य स्वागत गरेका थिए । 
अनन्तसँगै प्रदेश सभा सदस्य दिपेन्द्रकुमार पुन, निवर्तमान सभामुख ओनसरी घर्ती पनि थबाङ पुगेका थिए । अनन्तले जनयुद्धपछि पहिलो पटक थबाङमा रात बिताएका हुन् । उनले थकाङको ठूलोगाउँ र फुन्टिबाङ पुगेर आफूलाई मतदान गरेकोमा मतदातालाई धन्यवाद दिदै थबाङलाई नमूना गाउँ बनाउने प्रतिबद्धता जनाए । 
अनन्त अहिले पनि मिरुल, कुरेली, राङसी, घर्तीगाउँ, जेलबाङ, पाङलगायतका मतदाताको घरदैलोमा पुगेर धन्यवाद दिईरहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप