शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लुक्लामा भएको गोमा एयर दुर्घटनाको कारण चालकको लापर्वाही

शुक्रबार, २९ मङ्सिर २०७४, १६ : ४८
शुक्रबार, २९ मङ्सिर २०७४

काठमाण्डौ– गत जेठ १३ गते सोलखुम्बुको लुक्लामा भएको गोमा एयर (हाल समिट एयर) को कार्गाे विमान दुर्घटनाको कारण सरकारले आज सार्वजनिक गरेको छ । दुर्घटनाका सम्बन्धमा जाँच गर्न नेपाल सरकराद्वारा ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो । रत्न मानन्धरको अध्यक्षतामा गठित समितिले सोलुखुम्बुको लेन्जिङ हिलारी विमानस्थल लुक्लामा भएको दुर्घटनाको कारणको बारेमा जानकारी गराइएको छ । 

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन पर्यटन मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जाँच आयोगले प्रतिकुल मौसमको कारण दुर्घटना भएको निश्कर्ष निकालेको छ । आयोगले काठमाण्डौबाट लुक्लाको लागि विमान उड्दा पनि मौसमको अवस्था राम्रो नहुँदा क्षण–क्षणमा मौसममा परिवर्तन आइरहेका कारण पाइलटले मौसम सुध्रिने आशामा विमानलाई अगाडि बढाउँदा सो दुर्घटना भएको दाबी गरिएको छ । 

लुक्लामा जडान गरिएको अनलाईन क्यामेराको रिपोर्टलाई उदृत गर्दै आयोगको निश्कर्ष छः ‘विमान अवतरण गर्ने समय भन्दा १३, ८ र ६ मिनेटसम्म मौसत काम चलाउ अवस्थामा थियो भने ५ मिनेटदेखि मौसम बिग्रिएको थियो, तर एयरपोर्ट बन्द गर्नुपर्ने अवस्था भने आइसकेको थिएन् ।’  

विमान अवतरण गर्ने २ मिनेट अगाडिदेखि सुरक्षित अवतरण गर्न सक्ने अवस्था नभएको बताउँदै  अवतरणको ६४ सेकेण्ड पहिला को—पाइलटले रनवे देखेपछि ल्याण्डिङ गर्ने तयारी गर्दा हुस्सुले छोपेको र   जाहाज रनवे भन्दा बाहिर ल्याण्ड गर्न खोज्दा दुर्घटना हुन पुगेको निश्कर्ष निकालिएको छ । 

जेष्ठ १३ गते उडेको गोमा एयरको सो उडान पाचाँै उडान थियो । चौँथो उडान सफल भएको गोमाको १ः२९ बजे उडेको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु भएको थियो ।  

यस्तो छ दुर्घटनाको कारक 

आयोगका अनुसार अवतरणको संवेदनशील क्षणमा गति न्यून पारिनुपर्ने र पांग्रा निकालि सकिएको अवस्थामा  (फुल फ्लप सेलेक्सन)मा रहेको विमान अपर्झट उचाई लिने क्रममा अत्याधिक उचाई बढाउदा ड्रप श्रृजना भई तल बस्न पुगेको हो ।  

आयोग टोलीले मौसम छिटो–छिटो परिवर्तन भएको अवस्थामा पाईलटले स्थिति नियन्त्रणमा लिन नसक्नु र समस्या हुँदाहुँदै पनि चालकले जबरजस्ती विमान चलाउँदा दुर्घटना भएको निश्कर्ष निकालेको छ ।

कार्यक्रममा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देवले जाँच समितिको प्रतिवेदन बुझ्दै सुरक्षित विमान उडानको बारेमा छलफल गर्ने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप