शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रेशम चौधरीको वारेसनामा रिट सर्वोच्चद्वारा दरपीठ

शुक्रबार, २९ मङ्सिर २०७४, १६ : २२
शुक्रबार, २९ मङ्सिर २०७४

काठमाडौँ । प्रतिनिधी सभा सदस्यमा कैलाली १ बाट विजयी भएका रेशमलाल चौधरीले प्रमाण पत्र प्राप्तिका लागि दायर रिट सर्वोच्चले दरपिठमा गरेको छ । विजयी पश्चात चौधरीले वारेसनामा मार्फत प्रमाणपत्र बुझ्ने प्रयास गरेका थिए । निर्वाचन कार्यालयले चौधरीको वारेसनामालाई मान्यता नदिई रन्जिता चौधरीसँगै फिर्ता पठाएको थियो । 

चौधरीले भाईमार्फत तीन दिन अघि सर्वोच्चमा रिट दिएका थिए । रिटमा गत भाद्र ७ मा कैलालीको टिकापुरमा भएको घटनामा आफ्नो संलग्नता नभएको जनाएका छन् ।  

प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएकोले प्रतिनिधी सभा सदस्य प्रमाण पत्र उपलब्ध नगराई संविधान प्रदत्त मौलिक हकमा आघात पुगेको जिकीर गरेका छन् । 

सर्वोच्चबाट परमादेश माग गर्दै दायर रिटमा चौधरीले निर्वाचन आयोग मार्फत सभामुख कहाँ पुर्याइएको प्रमाणपत्र वारेसनामा मार्फत आफुले पाउनुपर्ने माग गरेका थिए । 

टिकापुर आन्दोलनका क्रममा थरुहटका कार्यकर्ता र प्रहरीको झडपमा एसएसपी सहित सात जना सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो । 

सर्वोच्चले मुलुकी ऐन अनुसार ज्यान मार्ने उद्योग लगायतका मुद्दामा हाजिर नहुने अभियुक्तको नाममा वारेन्ट जारी गर्नुपर्ने व्यवस्था भएको उल्लेख गरेको छ । 

मुलुकी ऐन अ.वं. ११८ बमोजिम कानुनी पक्रियमा अभियुक्त स्वयं समावेश नभएकोले उक्त मुद्दामा वारेस मार्फत रिट दर्ता गर्न नमिल्ने सर्वोच्चको ठहर छ । 

टिकापुर घटनापश्चात फरार रहेका चौधरीले वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका थिए । भारतमा बस्दै आएका चौधरीले दोश्रो चरणको निर्वाचनमा कैलाली १ बाट भारी मतान्तरले विजयी भएका छन् । राजपाबाट विजयी चौधरीले ३४ हजार ३४१ मत प्राप्त गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप