बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजदूत, सम्पादक, कलाकार लगायतले सरकारी स्कूलका विद्यार्थी पढाउँदै

शुक्रबार, २९ मङ्सिर २०७४, १६ : १४
शुक्रबार, २९ मङ्सिर २०७४

काठमाडौं– अमेरिकी राजदूत अलाइना बी. टेपलेट्ज, राष्ट्रिय दैनिक तथा साप्ताहिकका सम्पादकहरु : सुवास घिमिरे, गुणराज लुइटेल, चारु चड्डा, गायक अमृत गुरुङ लगायतले ललितपुर, सिन्धुपाल्चोक र धनुषाका ग्रामीण सरकारी विद्यालयमा पुगेर विद्यार्थीलाई पढाएका छन् । टिच फर नेपालको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, संचारकर्मीहरु, प्रमुख कार्यकारी अधिकृत, युवा उद्यमी, सामाजसेवी, अभियन्ता र कलाकारहरुका साथै टिच फर नेपालको बोर्ड सदस्य र अलमनाइ  (पूर्व–प्रज्ञार्थीहरु)  पनि सहभागी भएका थिए । टिच फर नेपालका फेलोहरुले पढाउँदै आएको विद्यालयमा ‘कक्षाकोठामा एक दिन’ कार्यक्रम चलाइएको छ । 

‘हामीले अध्यापन गराउने धेरैजसो विद्यार्थीहरुमा आफ्नो गाउँ र वरिपरिको परिवेश बाहेक धेरै ज्ञान हुँदैन, जसले गर्दा उनीहरुको जीवनको आंकाक्षा पनि सानो परिवेशमा सिमित देखिन्छ’कार्यक्रमका संयोजक  र  टिच फर नेपाल फेलो (२०१४) नवाङ शेर्पा बताउँछन् । 

बुधबार दक्षिण ललितपुरको टिकाभैरबमा अवस्थित श्री बुद्ध माद्यामिक विद्यालय पुगेकी अमेरिकी राजदूत अलाइना टेपलेट्जले टिच फर नेपालको वार्षिक कार्यक्रम ‘कक्षाकोठामा एक दिन’ मा आफु एक दिनको लागि भएपनि शिक्षक बन्न पाएको र प्रतिभाशाली विद्यार्थीहरु माझ अन्र्तक्रिया गर्न पाउँदा खुसी भएको बताइन् । 
त्यस्तैगरी सिन्धुपाल्चोकको श्री राम देवी माद्यामिक विद्यालय र श्री जनजागृति माद्यामिक विद्यालय पुगेका नेपथ्यका प्रमुख गायक अमृत गुरुङले भने, ‘शिक्षण पेशालाई म सधैँ आदर गर्छु । यो एउटा कठीन पेशा हो ।’

ललितपुरको सिम्ले स्थित श्री चण्डेश्वरी माद्यामिक विद्यालय पुगेका लोकप्रिय किताब ‘लू’ का लेखक नयन राज पाण्डेले विद्यार्थीहरुलाई दैनिकी लेख्न सिकाए । कक्षा सकिएपछि आफूहरुले उत्प्रेरणा पाएको अनुभव विद्यार्थीहरुले सुनाए । 

सामसुङ्ग इलेक्ट्रोनिक्स्की निर्देशक तथा जोन्टा क्लबकी उपाध्यक्ष सीमा गोल्छा, लेखक नयन राज पाण्डे, सानीमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिश पोखरेल, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, अमेरिकी राजदूत अलाइना बी. टेपलेट्ज र अन्य व्यक्तित्वहरुले बुधबार ‘कक्षाकोठामा एकदिन’ कार्यक्रममा सहभागी भई विद्यार्थीहरुलाई अध्यापन गराएका छन् । 

विभिन्न क्षेत्रका थप अगुवाहरु यूएन ह्याविट्याटका भूषण तुलाधर, हेरिटेज एण्ड टुरिजम के.एम्.सी. संकायकी उप–निर्देशक श्रीजु प्रधान, सिकाई अनलाईनका सम्पादक सुर्दशन घिमिरे, एभरेष्ट वोमेन सेभेन समिटकी माया गुरुङ, सेतो सूर्य चलचित्रका निर्देशक दिपक रौनियार आइतबार कक्षा लिनका लागि शनिबार नै धनुषा र सिन्धुपाल्चोका ग्रामीण भेगको यात्रा गर्दैछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप