शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २३औं शाखा न्यूरोडमा

शुक्रबार, २९ मङ्सिर २०७४, १६ : १२
शुक्रबार, २९ मङ्सिर २०७४

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको २३औं शाखा खिचापोखरी, न्यूरोड, काठमाण्डौंमा सञ्चालनमा ल्याएको छ । 

उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले गरेका हुन् । 

उक्त अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य सञ्चालक समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । 

शाखाको उद्घाटन कार्यक्रममा चिरञ्जिबी चापागाईले कम्पनीले छोटो समयमानै आफ्नो साख स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, संचालक समिति, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिंदै बीमा क्षेत्रले रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहक महानुभावहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब दिए । 

उक्त अवसरमा वीमा क्षेत्रको विकास र विस्तार गरी अग्रिणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्सलाई स्थापित गर्न सफल मिलोस भनि शुभकामना व्यक्त गरे । 

कम्पनीको आज उद्घाटन भएको शाखा सहित २३ वटा शाखा, २ वटा सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ३६ स्थानबाट  सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गरिरहेको जानकारी दिए । 

उक्त कार्यक्रममा अध्यक्ष ढकालले कम्पनीले निकट भविष्यमा १० शेयर बराबर ८ शेयरका दरले हकप्रद शेयर प्रदान जारी यसै आ.ब.को अन्तसम्ममा कम्पनीको चुक्ता पूँजी रु.९७ करोड २० लाख पुयाउने जानकारी गराउँदै अबको २ महिना भित्र थप १६ शाखा तथा सम्पर्क कार्यालयहरु खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप