शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कुन पार्टीले कति मत ल्याए ?  यस्तो छ समानूपातिकतर्फको पछिल्लो मतपरिणाम

शुक्रबार, २९ मङ्सिर २०७४, १५ : ३९
शुक्रबार, २९ मङ्सिर २०७४

काठमाडौँं– पहिलो र दोस्रोचरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा ७५ हजार मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । 

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त जानकारीअनुसार, नेकपा एमालेले ३० लाख ५८ हजार, नेपाली काँग्रेसले २९ लाख ८२ हजार, नेकपा (माओवादी केन्द्र) ले १२ लाख ३६ हजार र संघीय समाजवादी फोरमले नेपालले चार लाख ४३ हजार मत प्राप्त गरेको छ । 

यस्तै, राष्ट्रिय जनता पार्टी, नेपालले चार लाख २७ हजार, विवेकशील साझा पार्टीले दुई लाख नौ हजार र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९२ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।  प्रतिनिधिसभाको समानुपातिकतर्फको हालसम्म ९१ लाख दुई हजार मतगणना पूरा भएको आयोगले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप