बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रेल दुर्घटनामा चार बालबालिकाको मृत्यु भएलगत्तै फ्रान्सका प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

शुक्रबार, २९ मङ्सिर २०७४, १५ : ३३
शुक्रबार, २९ मङ्सिर २०७४

एजेन्सी– दक्षिण फ्रान्समा बिहीबार भएको एक रेल दुर्घटनामा परी कम्ती पनि चार जना बालबालिकाको मृत्यु भएको छ ।  सो दुर्घटनामा परी सोही बसमा रहेका अन्य २० जना गम्भीर रुपमा घाइते भएका प्राप्त समाचारमा जनाइएको छ । 

बालबालिकालाई लिएर गएको एक निजी विद्यालयको बसलाई रेलले ठक्कर दिँदा सो दुर्घटना भएको हो । उक्त बसले रेलको लिगबाट पार गर्न खोज्दा सो दुर्घटना भएको थियो ।  दुर्घटनामा परेको यस बसमा फ्रान्सको मिललास्स्थित एक निम्न माध्यमिक विद्यालयका करिब २० विद्यार्थी बोकेर गइरहेको बताइएको छ ।

 सो दुर्घटना स्पेनको सीमा इलाकामा पर्ने मिललास् सहरबाट करिब १८ किलोमिटर पश्चिममा पर्ने स्थानमा भएको थियो ।  बस नराम्ररी क्षतिग्रस्त भएको सरकारी स्रोतले जानकारी दिएको छ । फ्रान्सको ब्लुउ प्रान्तको एक क्षेत्रीय रेडियोका अनुसार रेलले बसलाई ठक्कर दिएको थियो ।  दुर्घटनास्थलबाट उद्धारको लागि करिब ९५ जना उद्धारकर्ता र चार वटा हेलिकोप्टरको प्रयोग गरिएको जनाइएको छ । 

फ्रान्सका प्रधानमन्त्री एडवार्डा फिलिप पनि सो बस दुर्घटना भएको क्षेत्रमा पुगेका छन् । उनले घाइतेको राम्रो उद्वार र उपचारका लागि निर्देशन दिएका छन् 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप