बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार र पार्टी दुवैको नेतृत्व ओलीले गर्नुहुन्छ : महासचिव पोखरेल

शुक्रबार, २९ मङ्सिर २०७४, १५ : २७
शुक्रबार, २९ मङ्सिर २०७४

काठमाडौं। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले र माओवादी केन्द्रवीच सरकार गठन र पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने स्पष्ट पारेका छन् ।
नेता पोखरेलले भने, ‘सरकार गठनको सन्दर्भमा एउटा प्रक्रियाबाट अघि बढ्छ, आफ्नो हैसियत अनुसार दाबी प्रस्तुत गर्छौं, दाबी प्रस्तुत गरिसकेपछि यसमा कुनै समस्या पर्छजस्तो मलाई लाग्दैन्, मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नको लागि पनि बहुमतको सरकार चलाउनुपर्छ, जनताले अहिले त्यही जनमत हामीलाई दिएका छन् ।’ 

उनले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली नै बन्ने पनि दाबी गरे । उनले भने ,‘अब बन्ने सरकारको नेतृत्व र पार्टीको पनि नेतृत्व ओलीले नै गर्नुहुन्छ, यसमा कुनै द्विविधा छैन ।’ उनले निर्वाचनको परिणाम, राष्ट्रिय राजनीतिमा ओलीको खेलेको भूमिका र मुलुकको आवश्यक्तालाई हेर्दा पनि ओलीनै प्रधानमन्त्री हुनेमा विवाद नहुने तर्क पनि गरे । महासचिव पोखरेलले नयाँ सरकार जनताको चाहना र मुलुकको आवश्यक्ता अनुसार अघि बढने पनि बताए । 

उनले थपे, ‘म सँग यसका दुईवटा उत्तर छन्, म वाम गठबन्धनको एउटा ठूलो घटक नेकपा एमालेको महासचिव हुँ । मैले औपचारिक रुपमा भन्दाखेरि खासगरी मैले फलानो प्रधानमन्त्री भन्दाखेरि उचित हुँदैन, तर यस विचमा नेकप माओवादी केन्द्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको प्रधानमन्त्री केपी शर्मा ओली भनेको कुरा म सम्झिरहेको छु, र उहाँको बोलाईप्रति मेरो भनाई के हो भने यो बुझ्ने कुरा हो, ओलीको भुमिका र प्रस्तुति र निर्वाचन परिणामले गर्दा अबको प्रधानमन्त्री केपी शर्मा ओली नै हो भन्ने कुरा अन्डरस्टुड कुरा हो, यो अन्डरस्टुड कुरा भएकोले निर्णय नभएसम्म मैले भन्न मिल्दैन ।’

पोखरेलले सरकार गठनको प्रक्रिया र पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने विश्वास गर्दै थपे,‘बाम गठबन्धनको पक्षमा लगभग दुई तिहाई मत आएको छ । हामीले सरकार गठन र पार्टी एकतालाई सँगसँगैअघि बढाउनेगरि छलफल सुरु गरेका छौं, फर्मल बोल्ने कुरा एउटा हो, हामी निश्कर्षमा छलफलबाट नै पुग्छौं ।’ 

उनले दुई पार्टीवीचको एकताले छिट्टै पूर्णता पाउने स्पष्ट पारे । उनले भने,‘एकताको प्रक्रिया कुरा जहाँसम्म छ, असोज १७ गते एकता घोषणापत्र जारी भयो, त्यहाँ हामीले विधिवत रुपमा सबै कुरा उल्लेख गरेका छौं । एकता संयोजन समिति पनि बनाएका छौं । कबुल गरिएको आधारमा संयुक्त चुनावी घोषणापत्र पनि जारी भयो। हामी दुवै पार्टीका सपना र सकंल्पहरु पनि छन् । एकताको दिशामा अघि बढ्नको लागि यो महत्वपूर्ण कुरा हो । संयोजन समितिले काम गरिरहेको छ ।’

एकताको लागि संयुक्त डा«फ्ट तयार भैरहेकोले आजे र भोलीभित्रै फाईनलाईज गर्ने उनको भनाई थियो । उनले थपे,‘नीतिगत आधारमा उभिएर हामी संगठनात्मक पूर्नसंरचना गर्नुपर्छ भनेर खुल्ला हृदयका साथ छलफल गर्छौं । ओपन माईण्डबाट छलफल गर्नुपर्छ । नीतिगत आधारहरु प्रष्टसँग प्रस्तुत गरेका छन् । संगठनात्मक पूर्नव्यस्थापन गर्दै हामी देश र जनतालाई अगाडि राखेर काम गर्छौं।’

त्यस्तै उनले तत्काल प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिनुपर्ने समेत माँग गरेका छन् । उनले भने,‘अन्र्तराष्ट्रिय प्रचलन अनुसार आफ्नो दल निर्वाचनमा भाग लिएर अरु दलको पक्षमा जनमत आईसकेपछि राजीनामा दिनुपर्छ, उहाँ त झन् कसरी सत्ता लम्ब्याउने सकिन्छ भनेर लाग्नुभएको छ, उहाँले तत्काल राजीनामा दिनुपर्छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप