शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चितवनमा समानुपातिकतर्फ एमाले पहिलो

शुक्रबार, २९ मङ्सिर २०७४, १५ : ०६
शुक्रबार, २९ मङ्सिर २०७४

चितवन– प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फ सबै वाम गठबन्धन विजयी भएको जिल्लामा समानुपातिकतर्फ पनि नेकपा एमाले पहिलो पार्टी भएको छ ।  आज सम्पन्न समानुपातिक मतगणनाको परिणामअनुसार एमालेले प्रतिनिधिसभातर्फ ९३ हजार ५ सय ३४ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ८९ हजार ४ सय ४० मत प्राप्त गरेको छ । 

यस्तै दोस्रो दल बनेको नेपाली काँग्रेसले प्रतिनिधिसभातर्फ ८१ हजार १ सय ०४ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ७६ हजार ९ सय ३६ मत प्राप्त गरेको छ । यसैगरी तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) प्रतिनिधिसभा तर्फ ४२ हजार ८ सय ५१ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ४३ हजार ६ सय २२ मत प्राप्त गरेको छ । 

त्यस्तै विवेकशील साझा पार्टीले प्रतिनिधिसभातर्फ नौ हजार ७ सय ०७ र प्रदेशसभातर्फ नौ हजार ४ सय ५८ मत प्राप्त गरेको छ । चितवनमा पाँचौ दलको रुपमा राप्रपा (प्रजातान्त्रिक) आएको छ । उसले प्रतिनिधिसभातर्फ ६  हजार ७ सय ५० र प्रदेशसभातर्फ सात हजार २ सय ४४ मत प्राप्त गरेको छ । 

चितवनमा कूल तीन लाख ५४ हजार ३६ मतदाता रहेका थिए । समानुपातिकतर्फ दुई लाख ६० हजार ८ सय ३२ मत खसेको थियो भने १५ हजार ३ सय ९० मत बदर भएको छ । 

क्षेत्र नं १ मा ८९ हजार ६ सय २१ मत खसेकोमा चार हजार ९ सय २८ मत बदर भएको छ । क्षेत्र नं २ मा ७६ हजार ७ सय ८१ मत खसेकोमा तीन हजार ८ सय ०७ मत बदर भएको छ भने क्षेत्र नं ३ मा ९३ हजार ८२३ मत खसेकोमा ६ हजार ६ सय ५५ मत बदर भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप