शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङमा समानुपातिकमा नेपाली काँग्रेस पहिलो

शुक्रबार, २९ मङ्सिर २०७४, १५ : ०१
शुक्रबार, २९ मङ्सिर २०७४

विराटनगर– प्रतिनिधिसभाको समानुपातिकको मतगणनामा मोरङमा नेपाली काँग्रेसले पहिलो स्थान प्राप्त गरेको छ ।  सो पार्टीले मोरङको ६ वटै निर्वाचन क्षेत्रबाट एक लाख ६० हजार ५ सय ४६ मत प्राप्त गरी अग्रस्थान कायम गरेको हो । त्यसपछि नेकपा एमालेले एक लाख ४४ हजार ८ सय २४ मत प्राप्त गरी दोस्रो स्थानमा रहेको छ भने नेकपा माओवादी केन्द्रले ४४ हजार ९ सय ५१ मत प्राप्त गरी तेस्रो स्थान कायम गरेको छ । 

त्यस्तै, संघीय समाजवादी फोरम नेपालले २९ हजार ३ सय १५ मत प्राप्त गरेका छन् भने राष्ट्रिय जनता पार्टीले आठ हजार ८ सय ९७ मत प्राप्त गरेका हुन् ।  मोरङको कूल मतदातामध्ये समानुपातिकतर्फ चार लाख ५९ हजार १ सय ७२ मत खसेकामा ४१ हजार ५ सय ७१ मत बदर भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप