शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रतिनिधी सभा चुनावमा ४८ लाखले मतदान गरेनन्

शुक्रबार, २९ मङ्सिर २०७४, १४ : ५४
शुक्रबार, २९ मङ्सिर २०७४

काठमाडौँ । तीन चरणमा भएको स्थानीय तहको निर्वाचनमा भन्दा दुई चरणमा भएको प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनमा १२ लाख १७ हजार ३ सय ९२ कम मतदाता सहभागी भएका छन् । 

स्थानीय तहको निर्वाचनमा १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता रहेकोमा १ करोड ४ लाख ३१ हजार ४ सय ६० जनाले मतादान गरेको निर्वाचन आयोगको आँकडा छ । यो चुनावमा मतदाता परिचयपत्र लिएका मध्ये ३६ लाख २३ हजार २२ जना मतदान प्रक्रियामा सहभागी भएनन् । 

यता प्रतिनिधी सभाको निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९ सय ३५ मतदाता मध्ये  १ करोड ५लाख ८७ हजार ५ सय २१ जनाले मतदान गरे । यो निर्वाचनमा मतदाता परिचयपत्र लिएका मध्ये ४८ लाख ४० हजार ४ सय १४ मतदाता मतदान प्रक्रियामा सामेल भएनन् । 

स्थानीय तहको निर्वाचनमा भन्दा प्रतिनिधी सभाको निर्वाचनमा १३ लाख ५५ हजार मतदाता थपिएका थिए । 

आयोगले गत भदौ ५ गतेसम्म १८ बर्ष पुगेका नागरिकलाई मतदाता नामावलीमा राखेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप