शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोरङमा ५ प्रतिशतभन्दा बढी मत बदर

शुक्रबार, २९ मङ्सिर २०७४, १४ : ४३
शुक्रबार, २९ मङ्सिर २०७४

विराटनगर– मतदाता शिक्षा प्रभावकारी नहुँदा मोरङमा खसेको मतमध्ये पाँच प्रतिशतभन्दा बढी बदर भएको छ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कूल चार लाख ६५ हजार ३४ मत खसेकोमा २४ हजार ६ सय ४४ अर्थात् ५ दशमलव ३४ प्रतिशत मत बदर भएको विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयले जनाएको छ । 

जिल्लाको ६ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं–१ मा ७१ हजार ४ सय २७ मत खसेकोमा तीन हजार २ सय ७७ अर्थात् ४ दशमलव ३९ प्रतिशत मत बदर भएको छ । 

त्यस्तै, क्षेत्र नं २ मा ८० हजार २४९ मत खसेकोमा चार हजार ४ सय ६० अर्थात् ५ दशमलव ५६ प्रतिशत मत र क्षेत्र नं ३ मा ९१ हजार ६ सय ०३ मत खसेकोमा चार हजार १ सय ६० अर्थात् चार दशमलव ५४ प्रतिशत मत बदर भएको छ भने क्षेत्र नं ४ मा ७१ हजार ५८ मत खसेकोमा चार हजार १ सय २९ अर्थात् ५ दशमलव ८१ प्रतिशत मत बदर भएको हो । 
,     
क्षेत्र नं ५ मा सबैभन्दा बढी मत बदर भएको छ । सो क्षेत्रमा ६८ हजार २ सय ९२ मत खसेकोमा चार हजार ३ सय ६३ अर्थात् ६ दशमलव ३९ प्रतिशत र क्षेत्र नं ६ मा ७९ हजार १२८ मत खसेकोमा चार हजार २ सय ५५ अर्थात् ५ दशमलव ३८ प्रतिशत मत बदर भएको थियो ।  मोरङमा कूल ६ लाख ४४ हजार ७ सय ८२ मतदातामध्ये चारलाख ३५ हजार ३४ अर्थात् ७२ दशमलव २५ प्रतिशत मतदान भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप