शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा राइनोज क्रिकेट टोली घोषणा

शुक्रबार, २९ मङ्सिर २०७४, १३ : ५५
शुक्रबार, २९ मङ्सिर २०७४

कास्की– आगामी पुस पहिलो सातादेखि काठमाडौँमा हुने एभरेष्ट प्रिमियम लिग क्रिकेट प्रतियोगिताका लागि पोखरा राइनोजले टोली घोषणा गरेको छ । लिग प्रतियोगीताका लागि पोखरा राइनोज टिमले पोखरामा टोलीको घोषणा गरेको हो । 

टोलीको कप्तानी शक्ति गौचनले गर्ने छन भने राष्ट्रिय क्रिकेट टोलीका विनोद भण्डारी,विक्रम सोव, विपिन खत्री,नुरध्वोज सेन, किशोर महतो,राजेश पुलामीमगर,सुनिल धमला,सौरभ खनाल, सन्तोष भट्ट,सुशन भारी,इसरार उल्लाह,अली आशिक, ताजवाली र देव शाह लगायतले पोखरा राइनोजका लागि खेल्नेछन् ।

पोखरा राइनोजले लिगका लागि पाकिस्तानी तिन खेलाडीलाई अनुबन्धित समेत गरेको छ । पाकिस्तानका क वर्गमा खेल्ने इसरार उल्लाह, अलीआशिफ र ताजवालीलाई अनुबन्धित गरेको हो । टिमले स्थानिय खेलाडिलाई अवसर प्रदान गर्ने उद्देश्यले पोखरामा ट्यालेन्ट हन्ट सञ्चालन गरि खेलका लागि १६ वर्षिय देव शाहलाई छनोट गरेको छ । पोखराका उनी नेपालमा नै पहिलो लेफ्ट आर्म इस्पिइनर चाइनाम्यान हुन् । 

पुस ३ देखि ११ दिनसम्म चल्ने लिगमा नेपालका ६ टिमको सहभागिता रहनेछ । प्रतियोगीतामा काठमाडौँ किंग्स इलाभेन, चितवन टाइगर्स, विराटनगर वारियर्स, पोखरा राइनोज र भैरहवा ग्याडियर्स रहेका छन् । खेलको विजेताले रु २१ लाख, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप