शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउडकी प्रियङ्का घुमाउने रहर छ– अभिनेता प्रदीप खड्का

शुक्रबार, २९ मङ्सिर २०७४, १३ : ५२
शुक्रबार, २९ मङ्सिर २०७४

प्रदीप खड्का यतिबेला नेपालकै सर्वाधिक महँगो कलाकारका रूपमा अगाडि आएका छन् । ‘प्रेमगीत’ र त्यसको सिक्वेल हिट भएपछि उनी चर्चाको केन्द्रविन्दुमा रहे । ‘स्केप’बाट अभिनयमा डेब्यु गरेका प्रदीप अहिले धेरै युवतीहरूको ढुकढुकीसमेत बन्न सफल भएका छन् । हाल उनी  चलचित्र ‘लिलिबिली’ सुटिङमा व्यस्त छन् । यतिबेला यूकेका विभिन्न सहरहरूमा चलचित्रको छायाङ्कन भइरहेको छ । केही पहिले आयोजित चलचित्र घोषणा कार्यक्रममाको प्रेसमिटमा बडिगार्डसहित देखिएको विषयलाई लिएर प्रदीप विवादमा तानिएका थिए । त्यो विवादलाई सहज रूपमा स्वीकार र अवतरणसमेत गर्न उनी सफल देखिए । अहिले जल्दाबल्दा अभिनेता प्रदीपलाई रातोपाटीको दश प्रश्न :

कस्तो हेयर स्टाइल मनपर्छ ?
–हेयर स्टाइलतिर मैले कहिल्यै ध्यान दिने गरेको छैन । चलचित्र सुटिङमा कथा अनुसारको स्टाइल दिइन्छ । अन्य समय सामान्य नै भएर हिँड्न रुचाउँछु ।

ड्रेसअपमा रुचि त पक्कै होला ?
–ड्रेसअप यस्तै चाहिन्छ भन्ने छैन । सुटिङ समयमा दिनमै ३, ४ थरीको फेसन गर्नुपर्ने हुन्छ । त्यसैले अरू बेला यस्तो लाउनुपर्छ भन्ने लाग्दैन । आफूलाई कम्फर्टेवल जे हुन्छ, त्यो लगाउँछु । समय, मौसम र स्थानले पनि ड्रेसको निर्धारण गर्दछ ।

आफूलाई कसरी फिट राख्ने गर्नुभएको छ ?
– म अलि दुब्लो छु । माछा मासु खाँदिन, ड्रिङ्स गर्दिनँ । त्यसैले मलाई केही शारीरिक प्रोब्लम छैन । आफ्नो उमेर अनुसार फिट देखाउन जिम जाने गरेको छु । 

कस्तो केटी मन पर्छ ?
–बोल्दा नडराउने, कन्फिडेन्ट्ली बोल्ने खालको केटी मनपर्छ । म भने जोसँग बोल्दा पनि आँखामा हेरेर बोल्न मनपर्छ । सिधै भन्नु पर्दा केटीहरूको आँखा मलाई मनपर्छ । 

मन पर्ने सङ्गीत ?
–स्लो सङ्गीत भएका नेपाली, हिन्दी र अङ्ग्रेजी गीत प्रायः सबै राम्रो लाग्छ । 

पहिलो प्रेमपत्र कसलाई र कहिले लेख्नुभयो ?
– प्रेमपत्र चाहिँ लेखेको छैन । तर ९, १० कक्षामा पढ्दा एउटी केटीलाई प्रेमको प्रपोज गरेको थिएँ ।

भविष्यका योजना केही छन् कि ?
– आज मिहिनेत गर्नुपर्छ । भोलि निश्चिय नै राम्रो हुन्छ भन्ने मेरो सोच रहने गरेको छ । सबै नेपालीले हाम्रो हो भनेर गर्व गर्नलायक चलचित्र अभिनय गर्ने, बनाउने सोच छ । 

बढी रुचि केमा छ ?
चलचित्र हेर्न मन लाग्छ । म दिनमा ४, ५ वटासम्म रेगुलर हेर्न सक्छु । अर्काे रुचि विभिन्न नयाँ नयाँ ठाउँ घुम्ने रहँदै आएको छ । 

सपना केही छन् कि ?
–नाम कमाउने ठूलो सपना थियो । त्यो चलचित्र अभिनयले पुर्याइदियो । अबको दिनमा आफूले अभिनय गरेको चलचित्रले यस अगाडिका भन्दा पनि धेरै रेकर्ड राखोस् र दर्शकको मनमा बस्न सकोस् भन्ने छ ।

रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?
–मलाई धेरै मनपर्ने अभिनेत्री भनेको बलिउडकी प्रियङ्का चोपडा हुन् । उनले बर्फीलगायत चलचित्रमा गरेको अभिनय निकै राम्रो छन् । उनीसँग कुनै दिन भेटँे, डेट जान पाएँ भने आफूलाई भाग्यमानी ठान्छु । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप