शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उदयपुरमा समानुपातिकतर्फ काँग्रेस पहिलो

शुक्रबार, २९ मङ्सिर २०७४, १३ : ०५
शुक्रबार, २९ मङ्सिर २०७४

गाईघाट– प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उदयपुरमा नेपाली काँग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । 

काँग्रेसले ४० हजार ९४७ मत प्राप्त गरी पहिलो भएको हो । नेकपा एमालेले ३६ हजार ८ सय १२ र नेकपा (माओवादी केन्द्र)  ले १८ हजार ४ सय ७७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा १८ हजार ८ सय ८६ मत बदर भएको सो कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप