बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : ‘गोरे’ भर्सेज ‘माइ लभ’

शुक्रबार, २९ मङ्सिर २०७४, १२ : ५३
शुक्रबार, २९ मङ्सिर २०७४

काठमाडौं – निर्वाचनका कारणले केही साता रोकिएको नयाँ चलचित्र रिलिजको क्रम फेरी सुरु भएको छ । यसै क्रममा आज शुक्रबारबाट फ्राइडे रिलिजको परम्परा धान्दै दुई नयाँ चलचित्र प्रदर्शनमा आए । चलचित्र हुन् –‘माइ लभ’ र ‘गोरे’ । यी दुबै देशभर एकसाथ प्रदर्शनमा उत्रिएका हुन् । 
‘गोरे’ ः
दीलिप रायमाझी र अनु शाह अभिनित चलचित्र हो । रामेश कुमार राईको निर्देशन रहेको चलचित्रमा अभिनेता दीलिप रायमाझीले गाउँले देखि शहरियासम्मको भुमिका निर्बाह गरेका छन् । दीलिप र अनुको अलवा चलचित्रमा राकेश कुमार राइ, डा.गुन्नु घर्ती, अभिषेक गिरी, बिमला आचार्य, रबिन्द्र आचार्य लगायतको समेत अभिनय देख्न सकिन्छ । जिएस मुभि मेकर्सको व्यानरमा निर्माण भएको यो चलचित्रका सूर्य जिसी प्रस्तुतकर्ता र रुपा जिसी निर्माता रहेका छन् ।

‘माइ लभ’ ः
जापानी निर्देशक डा. तोसिआकी इतोहले निर्देशन गरेको ‘माइ लभ’ मा २०७२ सालको विनाशकारी भुकम्पको कथा समेटिएको छ । गणेश लामा, नव–कलाकार शीतल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानी, चैत्यदेवी सिंह, चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक मियामोतोको समेतको चलचित्रमा अभिनय देख्न सकिन्छ । डा. तोसिआकीले यस अगाडि सिरिसको फुल नामक चलचित्र निर्माण गरेका थिए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप