शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तपाई कोरियन भाषा परीक्षा दिन छुट्नु भयो ? चिन्ता नगर्नुहोस्, असार २१ वाट फेरि परीक्षा हुँदैछ

बुधबार, १४ असार २०७४, १३ : ४९
बुधबार, १४ असार २०७४

काठमाडौं–दक्षिण कोरियाको रोजगारीका लागि रोजगार अनुमति प्रणाली ( इपिएस) अन्र्तगत भाषा भाषा परीक्षाका लागि आवेदन भरेर पनि परीक्षा दिन छुटेका आवेदकले आगामी असार २१ गतेवाट पुन परीक्षा दिन पाउने भएका छन् । 


इपिएसले गत जेठ २७ र २८ गते सञ्चालन भएको भाषा परीक्षामा प्राविधिक कारणले परीक्षा दिन वञ्चित परीक्षार्थीका लागि पुन कम्प्युटरमा आधारित परीक्षा लिने भएको हो । 


सो परीक्षामा प्राविधिक कारणले एसियन इन्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट खुमलटार केन्द्रमा ७ सय १० जना परीक्षार्थीले परीक्षा दिन पाएका थिएनन् । त्यो परीक्षा केन्द्रमा प्राविधिक त्रुटी भएपछि परीक्षा दिन पुगेका आवेदक परीक्षा दिनवाटै वञ्चित भएका थिए । इपिएसका अनुसार जेठ २७ र २८ गते सञ्चालन भएको ८ औं केरियन भाषा परीक्षामा सो केन्द्रमा परीक्षा दिनवाट छुट भएकाका लागि असार २१ गतेवाट २९ गतेसम्म फेरी परीक्षा लिने जनाएको हो । 


एचआडी कोरियाको मानव संसाधन विभागले यो परीक्षा लिने छ । परीक्षार्थीले एचआरडी कोरिया, इपिएस शाखा ग्वार्कोमा गएर परीक्षा दिन पाउने जनाइएको छ ।

इपिएसले प्राविधिक कारणवाट २६ नम्वर परीषा केन्द्रमा परीषा दिन नपाएका परिक्षार्थीका लागि पुन परीषा दिने वातवरण वनाइएको जनाएको छ । यसवाट उनहिरुको कोरिया भाषा परीषा दिएर त्यहाँको रोजगारीमा जाने चाहानामा सहयोग पुग्ने इप्एिसले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप