इलाममा समानुपातिकमा एमाले पहिलो
इलाम . प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ पहिलो बनेको वाम गठबन्धनकै एउटा घटक नेकपा (एमाले) समानुपातिकतर्फको मतगणनामा पनि पहिलो भएको छ । अन्तिम नतिजाअनुसार ६१ हजार ६३० मतसहित समानुपातिकमा एमालेकै अग्रता रहेको हो ।
दोस्रो स्थानमा नेपाली काँग्रेसले ४२ हजार ३९२ मत प्राप्त गरेको छ । नेकपा (माओवादी केन्द्र)ले सात हजार २२६ मत प्राप्त गरेको छ ।
प्रतिनिधिसभा क्षेत्र नं १ मा एमालेले ३१ हजार २४७ र क्षेत्र नं २ मा ३० हजार ३८३ मत प्राप्त गरेको हो । त्यस्तै, नेपाली काँग्रेसले प्रतिनिधिसभा क्षेत्र नं १ मा १७ हजार ७०६ मत र क्षेत्र नं २ मा २४ हजार ६८६ मत प्राप्त गरेको छ ।
नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा क्षेत्र नं १ मा तीन हजार २०४ र प्रतिनिधिसभा क्षेत्र नं २ मा चार हजार २२ मत प्राप्त गरेको छ ।
चौथो स्थानमा रहेको संघीय समाजवादी फोरम नेपालले निर्वाचन क्षेत्र नं १ मा एक हजार ७९० र क्षेत्र नं २ मा एक हजार ५६७ मत प्राप्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा क्षेत्र नं १ मा दुई हजार २२१, क्षेत्र नं २ मा ३५९ मत प्राप्त गरेको छ । नयाँ शक्ति पार्टी नेपालले प्रतिनिधिसभा क्षेत्र नं १ मा २१२ र प्रतिनिधिसभा क्षेत्र नं २ मा १०५ मत प्राप्त गरेको छ ।
प्रदेशसभातर्फ क्षेत्र नं १ को (क) मा एमालेले १५ हजार ३५२, नेपाली काँग्रेसले सात हजार ८५१ र माओवादी केन्द्रले एक हजार ५६८ मत प्राप्त गरेको हो ।
प्रदेशसभा क्षेत्र नं १ (ख) मा एमालेले १४ हजार २४०, नेपाली काँग्रेसले आठ हजार ७५२ र माओवादी केन्द्रले एक हजार ९७३ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा क्षेत्र नं २ (क) मा एमालेले १६ हजार २०२, नेपाली काँग्रेसले १४ हजार ३११ र माओवादी केन्द्रले दुई हजार १८४ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा क्षेत्र नं २ (ख) मा एमालेले ११ हजार ८७१, काँग्रेसले आठ हजार ९६१ र माओवादी केन्द्रले दुई हजार ९६७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
इलाममा दुई लाख चार हजार ४६ मतदाता रहेका थिए । यहाँ प्रदेशसभा क्षेत्र नं १ मा ६४ हजार ४७९ मत खसेको थियो भने चार हजार ५३० मत बदर भएको थियो ।
प्रदेशसभा–२ मा ६९ हजार ७४८ मत खसेको थियो भने तीन हजार ५३७ मत बदर भएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको इलामका सबै स्थानमा वाम गठबन्धनले एकलौटी विजय हासिल गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा