शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चुनावबारे बोल्यो भारत: यस्तो छ भारतको धारणा

शुक्रबार, २९ मङ्सिर २०७४, ०६ : ३९
शुक्रबार, २९ मङ्सिर २०७४

विगतका चुनावी नतिजा पूर्ण रुपमा सार्वजनिक हुन नपाउँदै निर्वाचनको स्वागत गर्ने भारतले उसपटक केही दिन ढिलो मात्रै चुनावको स्वागत गरेको छ ।

प्रतिनिधिसभाका सबै स्थानको निर्वाचन परिणाम सार्वजनिक भएको एक दिनपछि भारतले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

निर्वाचनको स्वागत गर्दै भारतले नयाँ सरकारसँग काम गर्न सरकार आतुर रहेको जनाएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले भने,

-नेपालमा शान्ति, स्थिरता र आर्थिक सम्वृद्धि होस् भन्ने हाम्रो चाहना छ ।

-लोकतान्त्रिक प्रक्रियाबाट आउने नयाँ सरकारसँग मिलेर काम गर्न भारत आतुर छ ।

-दुवै मुलुकबीच बर्षौ पुरानो घनिष्ठ सम्बन्ध रहेको छ । 

-नेपालको आर्थिक सम्वृद्धि र नेपाल भारत सम्बन्धका सबै  पक्षमा सहयोग गर्न भारत तयार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप