शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा २७ हजार ६ सय मत बदर

बिहीबार, २८ मङ्सिर २०७४, २१ : ३१
बिहीबार, २८ मङ्सिर २०७४

चुरामणि अर्याल


कपिलवस्तु – कपिलवस्तु जिल्लामा २७ हजार ६ सय १७ मत बदर भएको छ । मत पत्रमा ल्याप्चे लगाउने, कोठा बाहिर छाप लगाउने, एउटै मत पत्रमा दुई मत चिन्हमा छाप लगाउने जस्ता मतपत्रहरु बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधीसभातर्फ १३ हजार ८ सय १४ र प्रदेश सभामा १३ हजार ८ सय ३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता शिक्षा प्रभावकारी नहुंदा प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचनमा मतहरु बदर भएका हुन् ।

मतदाता शिक्षाका लागि खटाईएका मतदाता स्वयम्सेवीहरुले प्रभावकारी मतदाता शिक्षा दिन नसक्दा र स्वयं उम्मेदवारहरुले पनि आफ्ना मतदाताहरुलाई मत हाल्ने तरिका सिकाउन नसक्दा बदर मतको संख्या बढेको देखिएको छ । जिल्लाको कुल मतदाता ३ लाख ११ हजार ७ सय ६० मध्ये ७३ दशमलव ७९ प्रतिशत मत खसेको मध्य जम्मा ८७.०७ प्रतिशत मात्र मत सदर भएको छ भने १२.९३ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानहरि घिमिरेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप