बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुगम क्षेत्रकै महिलामा पाठेघरको समस्या धेरै

बिहीबार, २८ मङ्सिर २०७४, २० : १४
बिहीबार, २८ मङ्सिर २०७४

राधिका भुसाल 


प्यूठान – सुगम ठाउँ भनेर के गर्नु जहाँका महिलाहरु अहिले पनि पाठेघरको समस्याले पीडित छन् । यो समस्या भनेको प्यूठान नगरपालिका भित्र पर्ने सापडाँडाका महिलाको हो । केही दिन अगाडि स्वास्थ्य परिक्षणकै क्रममा यो समस्या रहेको तथ्य देखिएको थियो ।    बिवरण अनुसार केही समय अगाडि यौन तथा प्रजनन् र आङ्ग खस्ने सवालमा रिङ पेसरी राख्ने तालिमको अन्तिम दिनमै ११ जना आङ्ग खसेका महिलाहरुले रिङ पेसरी राखेका थिए । गैर सरकारी संस्था प्यूठानको आयोजनामा ३ दिनसम्म स्वास्थ्यकर्मीहरुका लागि सञ्चालन भएको तालिमको अन्तिम दिन सापडाँडा स्वास्थ्य चौकीमा प्रयोगात्मक गरिएको थियो 


। प्रयोगात्मकको समय अर्थात एक दिनमै ११ जना महिला पाठेघर खसेका महिलाहरुले उपचार गराएका थिए । छोटो समयमै यति धेरै पाठेघर खसेका उपचार गराउनुले प्यूठानमा पाठेघर खसेका महिलाहरु अत्याधिक छन् भन्ने संकेत दिएको गैससका अध्यक्ष रमेश श्रेष्ठको भनाइ छ । सबै हिसावले सुगम मानिने ठाउँमै यस्तो देखियो भने दुर्गम बस्तीहरुका महिलाहरुको अवस्था कस्तो होला ? यस विषयमा सम्बन्धित निकायको ध्यान जाने पर्ने कि नपर्ने यावत प्रश्नहरु उठ्न थालेका छन् ।  जिल्ला स्वास्थ्य कार्यालयमा पाठेघर खसेका महिलाहरुको आधिकारिक तथ्यांक नभए पनि उपचार गर्न आउने मध्ये धेरै जसोको समस्या भनेका पाठेघर सम्बन्धि नै भएको जिल्ला अस्पताल स्रोतले जनाएको छ । 

जनस्वास्थ्य कार्यालय प्रमुख विशाल सुवेदीले भने–‘अनमी भनेका महिलाहरुकै समस्याका बारेमा  काम गर्ने भएकाले पनि यो समस्यालाई महिला अधिकारसंग जोड्नु पर्छ ।’ सुवेदीले थप्दै भन्छन् –यो समस्यनका लागि जनस्वास्थ्य कार्यालयले स्थानीय तह, विभिन्न सरकारी निकाय र गैर सरकारी संघसस्थाका लागि छलफल तथा समन्वय गर्नेछ ।’ 


पाठेघर खस्ने महिलाहरुको यकिन तथ्यांक अहिले सम्म नभएको यस विषयलाई सामान्य रुपमा लिन नहुने आग्रह समेत गरेका छन् । बाल बिबाह, गर्भावस्था तथा सुत्केरी अवस्थामा आराम गर्न नसक्नु, छिटो–छिटो बच्चा जन्माउनु र गर्भपतन गराउनु नै पाठेघर खस्ने मुख्य समस्या भएको सुवेदीले बताए ।  
जुन समयमा महिलाको स्वास्थ्य अवस्था कमजोर भएको हुन्छ त्यही समयमा नै हरेक हिसावबाट बञ्चित हुनु पर्दा धार्मिक विश्वास पनि महिलाको पाठेघर खस्ने समस्यामा मद्धत पु¥याइरहेको केड काठमाण्डौका डा. सुरेश भट्राईले बताए । गर्भावस्था एवं सुत्केरी अवस्थामा गरुङ्गो भारी बोक्न नहुने, सरसफाइ तथा खानपानमा बिशेष ध्यान दिनु पर्ने र सुत्केरी भएको ४५ दिनसम्म नितान्त आराम गर्नु पर्ने उनको भनाइ छ ।   


महिलाहरुको विकराल रुपमा रहेको आङ खस्ने समस्यालाई न्युनिकरण गर्ने उदेश्यले प्यूठानका विभिन्न  स्वास्थ्य चौकीमा कार्यरत २२ जना अनमीहरुले रिङ पेसरी राख्ने तालिम दिइएको छ  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप