मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बिषेशतालाई तीन अन्तराष्ट्रिय अवार्ड

बिहीबार, २८ मङ्सिर २०७४, १९ : ४०
बिहीबार, २८ मङ्सिर २०७४

काठमाडौं – ब्राजिलको साउपाउलोमा आयोजित ‘लिटिल मिस क्वीन इन्टरनेसनल २०१७’मा नेपालबाट एकमात्र सहभागी बालिका विशेषता बुढाथोकीले फस्ट रनर अप उपाधि सहित ‘वेष्ट अफ द वेष्ट’ र ‘वेस्ट ड्रेस’ अवार्ड समेत हात पार्न सफल भएकी छन् । 

‘लिटिल मिस क्वीन इन्टरनेसनल’ बालबालिका सम्बन्धी अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता हो । विश्वका ३१ राष्ट्रका लिटिल मिस क्वीनको सहभागिता रहेको स्पर्धामा बुढाथोकीले उत्तम बनेपालीले तयार पारेको जीवित देवी कुमारीबाट अभिप्रेरित पोसाक समेत प्रदर्शन गरेकी थिइन् । उक्त पोसाकका कारण उनले वेस्ट ड्रेस विधाको अवार्ड जितेकी हुन् । 

प्रतियोगीतामा बुढाथोकीलाई नेपाली संस्था ईप्लानेट प्रा.लिले पठाएको हो । बिषेशताले केही पहिले टर्कीमा आयोजित ‘लिटिल मिस एण्ड मास्टर वल्र्ड युनिभर्स २०१७’ समेत लिटिल मिस प्लानेट तथा लिटिल मिस ट्यालेन्ट विधाको अवार्ड नेपाल भित्र्याएकी थिइन् । 

बालुवाटार स्थित जोन डेवी स्कूलमा कक्षा ५ अध्ययनरत १० वर्षिया विशेषता आठौं संस्करणको चाइल्ड आइकन नेपाल २०१७ की विजेता पनि हुन् । प्रतियोगीतामा उनलाई ट्यालेन्ट, वेष्ट ड्रेस र फ्रेन्डशिप विधाको अवार्ड समेत हात परेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप