शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाम गठबन्धनप्रति भारत ‘चिसो’ बन्ने संकेत

बिहीबार, २८ मङ्सिर २०७४, १९ : ३३
बिहीबार, २८ मङ्सिर २०७४

काठमाडौँ । भारत सरकारले नेपालमा हालै सम्पन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनको स्वागत गरेको छ ।

निर्वाचनको स्वागत गर्दै भारतले नेपाली जनता र सरकारलाई बधाई दिएको छ । यद्यपि, चुनावमा विजयी बनेको बाम गठबन्धनलाई भने बधाई दिन कन्जुस्याइँ गरेको छ ।

साप्ताहिक प्रेस ब्रिफिङका क्रममा विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले नेपालमा सम्पन्न संसदीय निर्वाचन र पहिलो प्रदेशसभा निर्वाचनलाई भारतले स्वागत गरेको बताएका हुन् ।

यसरी सरकार र जनतालाई बधाई दिँदा उनले बाम गठबन्धनलाई भने बधाई दिएनन् ।

ब्रिफिङमा उनले नेपाल र भारतबीच लामो समयदेखि पृथक मित्रता रही आएको उल्लेख गर्दै भारत नयाँ जननिर्वाचित सरकारसँग नेपालमा शान्ति, स्थितरता र आर्थिक स्मृद्धिका लागि सहकार्य गर्न चाहेको बताएका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप