शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘आइएमई छक्का–पञ्जा’ अफरको अन्तिम नतिजा सार्वजनिक

बिहीबार, २८ मङ्सिर २०७४, १९ : २०
बिहीबार, २८ मङ्सिर २०७४

काठमाडौं – यस पटकको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आइएमईले ल्याएको ‘आइएमई छक्का–पञ्जा’ अफर अन्तर्गत दोश्रो तथा अन्तिम बम्पर उपहार नीलमणि रोकायाले प्राप्त गरे ।
 मलेसियाबाट नेपालमा पैसा पठाएका रोकाया सफ्टवेयर पद्वतिमा आधारित ‘लक्की ड्र’ बाट विजेता घोषित भएको कम्पनीले जनाएको छ । पैसा पठाउने रोकाया वा नीजले सिफारिस गरेका व्यक्तिले नगद दश लाख प्राप्त गर्न सक्नेछन् । 

त्यस्तै, अन्तिम तथा छैठौं १५ दिनको जीवन बीमा आइएमई सेवाग्राही राजिब थापाले प्राप्त गरे । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा जापानबाट नेपालमा पैसा पठाएका  थापा भाग्यशाली विजेता छनोट भएका हुन् । भाग्यशाली विजेता थापा वा नीजले सिफारिस गरेको व्यक्तिले ६ लाख रुपैंया बराबरको जीवन बीमा प्राप्त  गर्नेछन् ।

गत हप्ता पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित अफर समापन तथा अन्तिम नतिजा सार्वजनिक कार्यक्रममा आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमईका ब्राण्ड एम्बासडरद्वय दीपक राज गिरी र दीपाश्री निरौलालगायत विभागीय प्रमुखहरुको उपस्थिती रहेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप