बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

साञ्जेन जलविद्युत कम्पनीले  साधारण सेयर जारी गर्दै

बिहीबार, २८ मङ्सिर २०७४, १९ : ०५
बिहीबार, २८ मङ्सिर २०७४

काठमाडौँ– साञ्जेन जलविद्युत् कम्पनीले ८७ लाख ६० हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ ।  नेपाल धितोपत्र बोर्डले साञ्जेनलाई साधारण सेयर निष्काशनको अनुमति दिएको हो ।  चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीले निर्माण गरिरहेको यो कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, कम्पनीका कर्मचारी, नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी, साविक जिल्ला विकास समिति रसुवा र साविक चिलिमे गाविसका कर्मचारीका लागि प्रदान गरिने साधारण सेयर बिक्रीको अनुमति दिइएको हो । 

बोर्डबाट स्वीकृति पाएको ६० दिनभित्र पहिलो चरणमा कोषका कर्मचारी र सञ्चयकर्ता लगायतलाई साधारण सेयर बिक्री गरिनेछ । सञ्चय कोषका सञ्चयकर्ताका लागि १९ दशमलव ५ प्रतिशत, त्यहाँ कार्यरत कर्मचारीका लागि एक प्रतिशत र कम्पनीमा कार्यरत कर्मचारीका लागि तीन दशमलव पाँच प्रतिशत सेयर बिक्री गरिनेछ । 

सञ्चयकर्ता लगायतलाई साधारण सेयर बिक्री गरेपछि स्थानीय प्रभावितलाई १० प्रतिशत र आम नेपालीका लागि १५ प्रतिशत सेयर निष्काशन गर्ने कम्पनीको तयारी छ । 

कम्पनीले रसुवामा निर्माणाधीन ५७ दशमलव ३ मेगावाटका माथिल्लो र तल्लो साञ्जेन जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोमध्ये माथिल्लो साञ्जेन निर्माणको कार्य अन्तिम चरणमा पुगेको कम्पनीका प्रमुख किरण श्रेष्ठले बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप