मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मंसिर अन्तिमदेखि शिखर शुजको ‘क्रेजी सेल्स’

बिहीबार, २८ मङ्सिर २०७४, १९ : ०२
बिहीबार, २८ मङ्सिर २०७४

काठमाडौ - २० वर्षअघि स्थापित कम्पनी शिखर शुज हालसम्म आइपुग्दा एक परिचित एवं लोकप्रिय ब्राण्डको रुपमा स्थापित मानिन्छ । हालसम्म आइपुग्दा शिखर शुज, कन्भेयर मेसिन, पियू मेसिन (पोली युरेथेन) र डिएमएस (बुट बनाउने) मेशिनले सुसज्जित भैसकेको छ । शिखर शुजले हाल नेपाली ब्राण्डका जुत्ताको बजारमा अग्रणी स्थान ओगटेको छ । 


कम्पनीले विभिन्न अवसरहरुमा आफ्नो बजार विस्तार एवम् उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्यले विभिन्न आकर्षक योजना ल्याउने गरेको गर्दछ । कम्पनीले भृकुटी मण्डपमा भएको क्रेजी मेलाको सफलतापछि  अझै विभिन्न ग्राहकहरुलाई देशका विभिन्न स्थानमा आफ्नो शोरुम तथा डिलर, थोक पसलहरुमा ‘शिखर व्रmेजी सेल्स कार्यक्रम सँचालन गर्ने भएको छ । उक्त कार्यक्रम यहि मंसिर २८ गतेदेखि संचालनमा आउने कम्पनीले जनाएको छ ।

उक्त मेला लिवाश इन्टरप्राइजेज–गोगंबु, बौद्ध शु सेन्टर– बौद्ध, द बानेश्वर शु सेन्टर–बानेश्वर, मनकामना शु एण्ड फेन्सी–न्युरोड, किर्तीपुर शु सेन्टर– किर्तीपुर, बनेपा शु सेन्टर– बनेपा, स्पन्दन इन्टरप्राइजेज– सामाखुशी, शिखर शु सेन्टर–खिचापोखरी, न्यु भोटाहिटि शु सेन्टर– भोटाहिटि, कोसेली हाउस– भोटाहिटि, पाटन शु सेन्टर–पाटन, शिखर शोरुम– जोरपाटी, बानेश्वर शु एण्ड ब्याग हाउस– न्यु बानेश्वर, शिखर शु हाउस(पुरानो)–विराटनगर, शिखर शु हाउस(नयाँ)–विराटनगर, शिखर शु सेन्टर–दमौली, नेपालगञ्ज शु सेन्टर– नेपालगञ्ज) लगायत देशभरका दर्जन बढि विभिनन शोरुम हरुमा लाग्ने छ । 


उक्त मेलामा हरेक शिखर जुत्ता तथा चप्पलहरु खरिद गर्दा नयाँ डिजाइनमा १० प्रतिशत र अन्य डिजाइनका जुत्ता तथा चप्पलहरुमा ५० प्रतिशतसम्मकोे भारी छुट पाइने कुरा कम्पनीका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले बताए ।कम्पनीले हाल चप्पल, जुत्ता, सुरक्षा बुट, साधारण बुट, बच्चाका जुत्ता एवं जाडोयामको लागि न्यानो कपडाको जुत्तालगायत करिब सात सय डिजाइनका जुत्ता तथा चप्पलहरु उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ । 

उद्योगमा ७ सयभन्दा बढी व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाइरहेको कम्पनीको दावी छ । कम्पनीले आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेण्टी समेत दिदै आएको छ । कम्पनीले जुत्ता तथा चप्पलहरु उत्पादनका लागि आवश्यक कच्चा पदार्थ तथा प्रविधि विभिन्न मुलुकहरु जस्तै भारत, थाइल्याण्ड, मलेसिया र चीनबाट आयात गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप