पाटा नेपाल च्याप्टरको ४१ औ बार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन
काठमाडौं – प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४१ औ बार्षिक साधारण सभा आज विहिबार राजधानीमा एक कार्यक्रम बीच सम्पन्न भएको छ ।
संघको ४१ औ साधारणसभाले के।जी एच ग्रुप अफ होटल एण्ड रिर्सोटका अध्यक्ष सुनिल शााक्यको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ ।
नव निर्वाचित अध्यक्ष सुनिल शाक्यले नेपाल च्याप्टरको अध्यक्ष पदमा निर्वाचित हुनु एउटा गर्वको विषय भएको बताउँदै आगामि दिनमा पर्यटन क्षेत्रमा हरेक सरोकारवाला निकायहरुसंग सहकार्य तथा समन्वय गरी नेपाली पर्यटन क्षेत्रको विकास र प्रवर्धनमा आफूले सक्रिय भुमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
नव निर्वाचित कार्यसमितिमा निर्वतमान अध्यक्ष सुमन पाण्डे, प्रथम उपाध्यक्ष दीपकराज जोशी (नेपाल पर्यटन बोर्ड) द्धितिय उपाध्यक्ष जनकराज कालाखेती (नेपाल वायुसेवा निगम) महासचिव विभूति चन्द« ठाकुर (हिमालयन होलिडेज ट्रेकिङ्ग) र कोषाध्यक्ष शिवप्रसाद ढकाल (रोयल माउन्टेन ट्राभल) रहेका छन ।
त्यसैगरी, कार्यसमितिमा ४ वटा पदेन सदस्यहरु क्रमशः रविन्द« क्षेष्ठ (नेपाल वायुसेवा निगम), कृष्ण लम्साल (पर्यटन विभाग) , सुभाष झा (नागरिक उड्यन प्राधिकरण) र श्रदा क्षेष्ठ (नेपाल पर्यटन बोर्ड) का साथै ७ सदस्यहरु क्रमशः सन्जय भक्त माथेमा (एस।डी।यु ट्राभल), विनय शाक्य (त्रिपिटक होलिडेज) अब्दुल्ला टन्सर केससी (ट्रकिस एयरलाइन्स) खेम लकाई (गेट कलेज) टिका राम सापकोटा ९नेपाल भ्याकेसन) टासी गुरुङ्ग (हिमालयन कैलास ट्राभल्स एण्ड ट्रर्स) र अभिषेक विक्रम शााह (चन्दगिरी हिल्स) रहेका छन् ।
पाटा नेपालले ७ सदस्यीय बैकल्पिक समिति तथा ११ सदस्यीय युथफोरम समेत चयन गरेको छ ।संघको ४१ औ साधारण सभाले नेपालमा २०३० सालसम्म ५० लाख पर्यटक भित्र्याउने उद्देश्यले ‘भिजन फाइभ मिलियन’ प्रस्ताव स्विकृत गरेको छ । पाटा नेपाल च्याप्टरले आगामी दिनहरुमा सो लक्ष्य प्राप्तिका लागि सम्पूर्ण सरोकारवाला व्यक्ति, संघसंस्था तथा महत्वपूर्ण निकायहरुसँग आवश्यक वार्ता, समन्वय र सहकार्य गरी आवश्यक पूर्वाधार निर्माण, नीतिगत सुधार, प्रचार–प्रसार, सेवा अभिवृद्धि, जनशक्ति निमार्णलगायत हरेक किसिमका आवश्यक कार्यहरुका लागि उत्प्रेरक तथा सहयोगीका रुपमा पहल गर्नेछ ।
कार्यक्रमको औपचारिक समारोहबीच वरिष्ठ पर्यटन व्यवसायी तथा सकारात्मक सोचका अभियानता कर्ण शाक्यलाई उनले निरन्तर रुपमा पर्यटन क्षेत्रमा पुर्याएको योगदान तथा उनको समाजिक कार्यहरु प्रतिको समर्पणको उच्च मूल्याङ्कन गदै ‘पाटा पर्सनालिटी अफ द ईयर २०१७’ अवार्डद्धारा सम्मानित गरिएको थियो । त्यसैगरी पाटा नेपालले आफ्ना सदस्य शैक्षिक संस्थाहरुमा स्थापित स्टुडेन्ट च्याप्टरहरु मध्ये नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम कलेजलाई ‘बेष्ट स्टुडेन्ट च्याप्टर अफ द एयर २०१७’ पुरस्कार समेत प्रदान गरेको छ ।
निर्वतमान अध्यक्ष सुमन पाण्डेले आफ्नो ५ बर्षे कार्यकालमा सहयोग पुर्याएको सम्पूर्ण व्यक्ति तथा संघसंस्थालाई घन्यवाद ज्ञापन गर्दे नेपालमा हिमालयन ट्राभल मार्ट तथा इन्टरनेशनल ट्राभल वल्गर्स एण्ड मिडिया कन्फेरेन्स सम्पन्न गर्नु पर्यटन प्रर्वधनका लागि महत्वपूर्ण कार्य भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान