शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

टाटाका नयाँ बस संचालनमा

बिहीबार, २८ मङ्सिर २०७४, १७ : ०८
बिहीबार, २८ मङ्सिर २०७४

काठमाडौ– टाटाको एक मात्र आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ्गले आयात गरेका  टाटा मोर्टसका अत्याधुनिक सुविधा सम्पन्न १३ थान टाटा मार्कोपोलो अल्ट्रा ३९ सिट क्षमताका बसहरु सञ्चालनमा ल्याइएको छ । 
मध्य उपत्यका नगर यातायातले आजबाट भक्तपुर देखि कोटेश्वर, एयरपोर्ट, गौशाला, रातोपुल, नक्साल, टिचिङ्ग हस्पिटल, नारायणगोपाल चोक सामाखुसी, नयाँ वसपार्क, स्वयम्भु, कलंकीका साथै विभिन्न रुटमा संचालन गर्ने गरी उद्घाटन गरेको छ । 
नगर वसको उद्घाटन भक्तपुर नगरपालीकाका मेयर नगर प्रसुनिल प्रजापतीले गरेका थिए । 
उक्त कार्यक्रममा मध्य उपत्यका नगर यातायातका अध्यक्ष  प्रकाश डंगोललाई सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का विक्री प्रवन्धक इन्द्र मणि पोखरेलले वसका साँचो हस्तान्तरण गरेका थिए । 
टाटा व्रान्डका अत्याधुनिक टेक्नोलोजी सहित का अल्टा« वसमा यात्रु हरुलाई चढ्दा तथा ओर्लिन सहज हुने छ कम्पनीको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप