बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रहेनन् बलिउड अभिनेता नीरज

बिहीबार, २८ मङ्सिर २०७४, १६ : ५२
बिहीबार, २८ मङ्सिर २०७४

मुम्बई – बलिउड अभिनेता, लेखक तथा निर्देशक नीरज बोराको निधन भएको छ । बिहिबार बिहान ४ बजे उनको निधन भएको हो । ५४ बर्षिया नीरज बिगत १३ महिनादेखि कोमामा रहेका थिए । मुम्बइको कृती केयर अस्पतालमा उनले अन्तिम सास लिए छन् । 

नीरजको मृत्यको समाचार अभिनेता परेश रावलले ट्वीट मार्फत सार्वजनिक गरेका हुन् । नीरजले रंगीला, सत्या, बादशाह, पुकार, और बोल बच्चन र और वेलकम बैक लगायतका चलचित्रमा काम गरेका छन् ।

उनको मृत्यको समाचार सार्वजनिक भएपछि भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले ट्वीट मार्फत नीरजलाई श्रद्धान्जली दिएका छन् । ‘म नीरज बोरालको निधनले निकै दुखी छु । हामीले एक लगनसिल र कर्मठ होनहार कलाकार गुमाएका छौ’ मोदीको ट्वीनमा उल्लेख छ ।

नीरजको मृत्यमा बलिउडका हस्तीहरुले समेत श्रद्धान्जली दिइरहेका छन् । अभिनेता अक्षय कुमारले श्रद्धान्जलीका साथ ट्वीट गरेका छन् ‘बलिउडले अभिनेता, निर्देशक, लेखक लगायत धेरै प्रतिभाका धनी ब्याक्तित्व गुमाएको  छ ।’

त्यस्तै अभिनेता तुषार कपुरले पनि नीरज बोराको मृत्यका खबरले निकै दुखी बनाएको बताएका छन् । तुषारका अलवा तरण आदर्श, करन कुन्द्रा, विवेक अग्निहोत्री, राहुल ढोलकिया, कुणल कोहली लगायत थुप्रै कलाकारले उनको निधनमा सोक प्रकाट गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप