शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

रोल्पामा खस्यो मतपेटिकामा एसिड !

मतदान प्रकृया  रोकियो
बुधबार, १४ असार २०७४, १२ : ०७
बुधबार, १४ असार २०७४

रोल्पा– रोल्पाको धवाङस्थित भनभने मतदान केन्द्रमा एक जना मतदाताले मतदान गर्ने क्रममा लुकाएर लगेको एसिड मतपेटिकामा खसालेपछि सो मतदान केन्द्रको मतदान प्रकृया  रोकिएको छ । 


रोल्पा नगरपालिका १० स्थित मतदानकेन्द्रको ‘ख’  बुथको एक मतपेटिकाबाट बिहान साढे १० बजे धुलो उडेपछि घटना सार्वजनिक भएको थियो । 


कुनै मतदाताले मतदान गर्ने क्रममा एसिड छिराएको हुनसक्ने जिल्ला प्रहरी कार्यलय रोल्पाका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । 


उनका अनुसार एसिड राख्ने व्यक्तिको पहिचान हुन सकेको छैन । घटनापछि सवै राजनीतिक दलका प्रतिनिधि र मतदानअधिकृतविच मतदान सुचारु गर्ने विषयमा छलफल भइरहेको डिएसपी घर्तीले जानकारी दिए । 


डिएसपी घर्तीका अनुसार ठुलो घटना नभएका कारण सवै दलका प्रतिनिधिहरुको रोहवरमा चाडै मतदान प्रकृया सुचारु गर्ने तयारी भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप