शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओम बैंकबाट जर्मनीको सम्झौता अनुसार कर्जा लगानी शुरु

बिहीबार, २८ मङ्सिर २०७४, १६ : १४
बिहीबार, २८ मङ्सिर २०७४

काठमाडौं– ओम डेभलपमेन्ट बैंक लि.ले  जर्मनीले केएफडब्लु डेभलपमेन्ट बैंकसंग भएको सभ्झौता अनुसार कर्जा लगानी शुरु गरेको छ ।

सम्झौता अन्तर्गत केएफडब्लुले ओमलाई सम्झौतामा तोकिएको क्षेत्र अन्तर्गत साना तथा मझौला उद्यममा २ लाख देखि ४० लाख सम्मको कर्जा लगानीको गर्न १० बर्षको लागि रकम उपलब्ध गराउनेछ भने कार्यक्रमको लागि आवश्यक कर्मचारी तालिम, बृत्ती विकास, शाखा कार्यालय तथा लगानीको सम्भाब्यता अध्ययन कार्यको लागि रकम सहयोग गर्नेछ ।

सम्झौता अनुसार कर्जा लगानी शुरु गर्नको लागि केएफडब्लु बैंकका प्रतिनिधिहरुले बैंकका बिभिन्न शाखाहरुबाट लगानी गरिएका परियोजनाहरु भ्रमण गरी बैंकलाई कर्जा लगानीको लागि रकम उपलब्ध गराएको हो । 

यो परियोजना अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकको स्वीकृतीमा केएफडब्लुले ओमलाई स्वीकृत गरेको ब्यहोरा बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप