बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमान–श्रीमतीको रोचक नतिजाः उही भूगोल, उस्तै मत, फरक भूमिका !

बिहीबार, २८ मङ्सिर २०७४, १५ : ३७
बिहीबार, २८ मङ्सिर २०७४

काठमाडौं–स्थानीय तह  र संघ तथा  प्रदेशको निर्वाचन सम्पन्न भइसकेको छ ।  यी दुबै चरणको चुनाव सम्पन्न भएसँगै संविधान कार्यान्वयनको बाटो खुलेको छ । 

काठमाडौं जिल्ला क्षेत्र नं १ को प्रदेश सभा ख को भूगोल र काठमाडौ महानगरपालिका ३१ नम्बर वडाको भूगोल लगभग एउटै हो । जहाँ रोचक नतिजा आएको छ ।

  एमालेका स्थानीय नेता गणेश प्रसाद दुलाल र हुमादेबी आचार्यको रोचक नतिजा आएको हो । उनीहरु श्रीमान श्रीमती हुन् । 

 दुलाल र आचार्य दुबै  उही भुगोलबाट निर्वाचित जनप्रतिनिधि भएपनि फरक भूमिकामा रहनेछन् अर्थात  आचार्य स्थानीय तहको वडा सदस्य र  दुलाल प्रदेशसभा सदस्यको भूमिकामा  ।

काठमाडौंको क्षेत्र नं १ को प्रदेश सभा ख बाट  दुलाल ४जहार २ सय ४२ मत ल्याएर प्रदेश सभा सदस्यमा विजयी भएका भएका हुन् ।

यसअघि    श्रीमति हुमादेवी आचार्य स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिको वडा नं ३१ बाट महिला सदस्यमा ४ हजार २ सय २१ मत ल्याएर विजयी भएकी हुन् । उनीहरुबीचको मनान्तर मात्र २१ रहेको छ । 

यहि वडाका मतदाताले आचार्यलाई स्थानीय तहमा जिताए  भने प्रदेश सभामा पनि यीनै मतदाताले दुलाललाई जिताएका हुन् । 

निर्वाचित भुगोल उस्तै र मत पनि उस्तै रहेपनि फरक भूमिका रहेका उनीहरु  जनताको काम गर्न पाउँदा खुसी भएको बताउँछन् ।  गणेश भन्छन्–हामी जनताको सेवक हौं ।  जुनसुकै भूमिकामा  रहेपनि जनतासँगै रहने हो ।’

पति–पत्नी नै राजनीतिमा लाग्दाको दुःख
   जनप्रतिनिधि भएर काम गर्दा घर व्यवहार भने लथालिङ भएको बताउँछन् दुलाल । 

आचार्य वडा सदस्य भएपछि विहान १० बजे देखि बेलुका ४ बजे सम्म वडा कार्यलयमा बस्ने गरेको र घरमा हुँदा पनि समाजसेवामा लाग्नु पर्दा निकै व्यस्त हुने दुलालको अनुभव छ । 

श्रीमान श्रीमती दुबैको पृष्ठभूमि राजनीतिक भएको बताउँदै दुलाल भन्छन्, ‘म ०३६ सालको विद्यार्थी आन्दोलबाट राजनीतिमा जोडिएको हुँ । आचार्य (श्रीमती) ले  पनि चितवनबाट राजनीति सुरु गरेकी हुन् । 

यी दुबै जनाको विवाह पनि पछि ललितपुरको जिल्ला पार्टीले जनवादी तरिकाले गराएको हो । त्यो समयमा दुलाल ललितपुरको जिल्ला कमिटी सदस्य थिए । 

उनको कान्छी छोरी नेपाल इन्जिनियरिङ कलेज भक्तपुरबाट आरकिटेक्चर तेस्रो बर्षमा अध्ययन गर्दै छिन्  भने अर्की छोरी विएस्सी नर्सिङ पढेर अस्ट्रेलिया गएकी छन् । 

व्यस्तताले   व्यक्तिगत जीवनमा केहि असहजता भएपनि  समाज सेवामा लागेकाले दुबैजना खुसी भएको उनीहरु भनाइ छ । 
                                                                                   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप