शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आइएमएस मोटर्सले ल्यायो नयाँ स्याङयोङ रेक्सटन गाडी

बिहीबार, २८ मङ्सिर २०७४, १२ : ३५
बिहीबार, २८ मङ्सिर २०७४

काठमाडौं–नेपालको लागि स्याङयोङ मोटर्सको आधिकारीक विके्रता एवम आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले नेपाली बजारमा नयाँ स्याङयोङ रेक्सटन गाडी भित्र्याएको छ । 

यो गाडी नेपालमा ६ स्पीड म्यानुअल र ७ स्पीड अटोमेटीक ट्रान्मीसन गरी दुई विकल्पका साथ प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । 

 जसको मुल्य क्रमसः रु. १,११,९९,००० र  रु. १,१९,९९,००० रहेको छ । कोरीयाली एस यु भी रेक्सटन ३ वर्षको वारेन्टी, ६०,००० केएमएस  सम्म उपलब्ध हुनेछ । 
नयाँ रेक्सटनको डीजाइनमा इ एक्स डी २२० डीजेल इन्जीन र मर्सिडीज—बेन्न ७ स्पीड अटोमेटीक ट्रान्मीसनको प्रयोग भएको छ । जसले आरामदायी परिवर्तनको अनुभव दिदैं गतिशील ड्रइभिङ सक्षम पार्न चाडै प्रतिक्रिया सदने कम्पनीको दाबी छ ।  नयाँ रेक्सटनको डीजाइनलाई म्याजेस्टिक थ्रिलिङ विषय अन्तर्गत कल्पना गरीएको र सोल्डर वीङ प्रतीक रहेको छ ,जसले गतिशील छवि प्रदान गर्छ र स्याङयोङ मोटर्सको प्रविधिक विकास अन्तर्गत रहेर उच्चतम सुविधा दिने दाबी गरिएकाे छ । 

यसको गतिशील र विशाल फ्रन्ट लुकको अलावा, यो एस यु भी एल इ डी (डीआरएल, टर्न लाइट, बें्रक लाइट, लाइसेन्स प्लेट लाइट )को साथ उपलब्ध छ । सेन्टर क्रोम मोल्डीङ, २० इन्चको स्पटर चक्काले यो मोडेलमा यसको स्टाइलिसनेस र सानदार छवि थपेको छ  । यो ४ डब्लूडी टेक्नोलोजीमा आधारित छ , तथापि चालकहरुले आराम र  कुशल इन्धनको संयोजनको लागि रियर व्हील ड्र«ाइभ मोड प्रयोग गर्न सक्छन् । फ्रन्ट व्हील डबल वीसबोन र रियर व्हील मल्टी—लीङक इन्डीपेन्डेन्ट सस्पेन्सनले उच्चतम ड्र«ाइभीङ् स्थीरता र ड्र«ाइभीङ् अनुभव प्रदान गर्छ । 

नयाँ रेक्सटनमा ९ वटा एअर ब्याक रहेका छन् र क्वाड फे्रम ( उत्कृष्ट पाश्र्व टकराव सुरक्षा ) प्रयोग भएको छ । साथै , यो गाडी यात्रुहरुलाई आवश्यक सुरक्षा प्रदान गर्न र नेपालको तत्कालिन सडक अवस्थाको आवश्यकता अनुसार, इलेक्टी«क ब्रेक—फोर्स डीस्टी«ब्यूसन (इबीडी) र एंन्टी—लक ब्रेक्स(एबीएस), एंन्टी—रोल—ओभर प्रोतेक्सन (आरपी), ब्रेक एसीस्ट सीस्टम, हील एसीस्ट सीस्टम, हील डीसेन्ट कन्ट्रोल, अल डीस्क ब्रेक र डीआरएल (डेटाइम रनीङ ल्याम्प्स)का साथ उपलब्ध छ । यसमा सबैभन्दा ठूलो ८ इन्चको एचडी स्क्रीन, इन्फीनीटीको प्रिमियम १०— स्पीकर सीस्टम, स्वचालित ढोका, सहज पहूँच भएको पूर्ण स्वचालित एयर कन्डीशन, पछाडी २२० भोल्टको इन्भर्टर र समान राख्न र निकाल्नका लागि एउटा स्मार्ट टेलगेट रहेको कम्पनीले जनाएको छ । 
रेक्सटन वाई ४०० आफ्नो नयाँ प्रस्ताव पूर्ववर्ती निधारित अपेक्षा अनुसार निमार्ण भएको कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप