शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली सेनालाई संयुक्त राष्ट्रसंघीय पदक

बिहीबार, २८ मङ्सिर २०७४, १२ : १४
बिहीबार, २८ मङ्सिर २०७४

काठमाडौँ- दक्षिणी सुडानको रोम्बेकमा खटिएको नेपालको शान्ति सेनालाई उत्कृष्ट कार्य गरेबापत संयुक्त राष्ट्रसंघीय पदक प्राप्त भएको छ । 

रोम्बेकमा हालै आयोजित एक समारोहमा दक्षिण सुडानका राष्ट्रसंघीय फोर्स कमाण्डर लेफ्टिनेन्ट जनरल फ्र्याङ्क मुसायो कामानाजीले नेपाली सेनालाई उक्त पदक हस्तान्तरण गरेकाे ललितपुरस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले आज जनाएको छ । 

सन् १९५८ देखि नेपालले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेना खटाउँदै आएको छ । 

हालसम्म ४२ वटा शान्ति स्थापना कार्यमा नेपाली सेना सहभागी भइसकेको छ भने अहिले पनि १४ वटा स्थानमा सेवा प्रवाह गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप