मतदाताको घर दैलोमा पुगेर समस्या सुन्दै बीना मगर
कञ्चनपुर- कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी वाम गठबन्धनबाट नेकपा (माओवादी केन्दै)का उम्मेदवार बीना मगरले बुधबारदेखि मतदातालाई भेट्न घरदैलो अभियान सञ्चालन गरेकी छिन।
मतदाताको मतको कदर गर्दै उनले गुनासो सम्बोधनका लागि घरदैलो अभियान शुरु गरेकी हुन् । बुधबार कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको चवन्नी बजारमा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले बेलडाँडी क्षेत्रका बासिन्दालाई जिल्ला सदरमुकाम जोड्ने दैजी—बेल्डाँडी सडक निर्माणको कार्य पहिलो प्राथमिकतामा रहेको बताइन् ।
उनले तुरुन्तै गुणात्मक तरिकाले सडकलाई कालोपत्रेमा परिणत गर्नका लागि अबका केही दिनमै कार्य अगाडि बढाउनका लागि प्रयत्न गरिने बताइन् ।
कार्यक्रममा बोल्दै स्थानीय महिला कमला गुर्धामीले पहिलोपटक दोब्बर बढी मतको अन्तरले जित्नु भएका मगरलाई सरकारको शक्तिशाली मन्त्री भएको हेर्न चाहेको बताइन् ।
उनले महिलाको हकहितमा धेरै भन्दा धेरै काम गर्नुपर्नेमा जोड दिइन् । स्थानीय मतदाताले तत्काल गाउँपालिका क्षेत्रमा इन्टरनेट सेवाबाट वञ्चित भएकाले यसका लागि कार्य बढाउनका लागि पहल गरिदिन माग गरे।
मतदाताले उठाएका सबै माग शिरोधार्य गरेर अगाडि बढ्ने महिला नेत्री मगरको भनाइ रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी