बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डिजे नआउँदा क्लब डेजाभुमा तोडफोड (भिडियो)

बिहीबार, २८ मङ्सिर २०७४, १० : १५
बिहीबार, २८ मङ्सिर २०७४

काठमाडौँ । नेपालको चर्चित क्लब डेजाभुमा बुधबार राती तोडफोड भएको छ । 

क्लबमा अमेरिकन डिजे मार्समेल्लोले कार्यक्रम तय थियो । तर, अन्तिम समयमा डिजेले स्वास्थ्यको कारण देखाउँदै कार्यक्रममा उपस्थित नभएपछि त्यहाँ उपस्थित दर्शकहरुले क्लबमा तोडफोड गरेका हुन् ।

महानगरीय प्रहरी परिसर दरबारमार्गका डिएसपी तिलक भारतीका अनुसार तोडफोडपछि क्लबमा सामान्य क्षति भएको छ । प्रहरीले समयमानै स्थिति नियन्त्रणमा लिएको कारण ठूलो दुर्घटनाबाट जोगिएको उनले बताए ।

‘क्लबको क्षमताभन्दा बढी टिकट बाँडिएको रहेछ । करिब ४ हजार टिकट विक्री भएको थियो,’ डिएसपी भारतीले रातोपाटीसँग कुरा गर्दै भने, ‘दर्शकहरुको अत्याधिक चाप त्यसमाथि पनि आउने भनिएका डिजे उपस्थित नहुँदा तोडफोड भएको हो ।’ उनका अनुसार क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ ।

प्रत्यक्षदर्शीका अनुसार कार्यक्रम रद्द भएपछि अबेर राती क्लबमा उपस्थित दर्शकहरु तोडफोडमा उत्रिएका थिए । उनीहरुले बियरका बोतलहरु प्रहार गर्नुका साथै त्यहाँका समाग्रीहरु तोडफोड गरेका थिए ।

यता, डिजे मार्समेल्लोले आफ्नो आधिकारिक फेसबुक पेज र ट्वीटरमा लेख्दै ज्वरो आएको कारण कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी दिएका छन् । उनले नेपाल आउन नसकेकोमा माफी समेत मागेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप