मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

फेसबुक जञ्जालः एक महिलाको जीवन बर्वाद त भयो नै आफन्तको २१ लाखसमेत डुब्यो !

बिहीबार, २८ मङ्सिर २०७४, ०६ : ५४
बिहीबार, २८ मङ्सिर २०७४

सामान्य चिनजान भएको युवकमाथि विश्वास गर्दा संखुवासभाकी एक महिलाको जिवन बरबाद त भयो नै, आफन्तको २१ लाखसमेत डुब्यो । 

कारण थियो अमेरिकी नागरिकलाई जीवनसाथी बनाउने लोभ । 

फेसबुकमा चिनजान भएका ती युवकले आफु अमेरिकी आर्मी भनेर नक्कली परिचय दिएका थिए । 

च्याटमाा कुराकानी हुने क्रम बढ्दै जाँदा उनीहरुको सम्बन्ध विवाहमा परिणत भयो । 

अमेरिकी सेनासंग विवाह गरेपछि भविष्य खुशि होला भन्ने प्रलोभनमा परेकी ती युवती अहलिे विचल्लीमा परेकी छन् । 

त्यस्तै उनले दुई भाईको २१ लाख रुपैयाँ कहिल्यै फिर्ता नहुने भएको छ । 

अमेरिकी आर्मी हुँ भन्दै जीवनसाथी बनाउने पात्र हुन् सिन्धुलीपाल्चोक माङ्खाका तुलबहादुर तामाङ । 

तामाङले फेसबुकमार्फत ती युवतीसंगी परिचय बढाए । 

सात महिनाको भर्चुअल सम्बन्ध विवाहमा परिणत भयो । 

विवाहपछि उनका नातेदार राजेश र कैलाश गुरुङलाई अमेरिकी सेनामा जागरि लगाईदिने प्रस्ताव आएपछि उनीहरु सहमत भएर भिसा प्रक्रियाका लागि भन्दै तामाङलाई २१ लचाख बुझाए । आईएमईमार्फत पैसा आएलगत्तै तामाङ श्रीमतीसंग पनि असम्पर्कविहिन् भए । 

विदेश जाने प्रलोभन देखाएर आफ ठगिएको भन्दै पीडितले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएपछि खोज्दै जाँदा तामाङ सिन्धुलीपाल्चोक माङ्खामै भेटिए र उनको ठगीको पर्दा खुल्यो ।, यो खबर आजको नागरिक दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप