शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँबाट पक्राउ परेका विप्लवका  तीनै जना कार्यकर्ता रिहा

बुधबार, २७ मङ्सिर २०७४, २१ : ०३
बुधबार, २७ मङ्सिर २०७४

किरण श्रेष्ठ 

तनहुँ  – करिव एक महिना अघि तनहुँ प्रहरीले पक्राउ गरेका विप्लव नेतृत्वका दुई जनालाई बुधबार रिहा गरेको छ भने एक जनालाई दुई  दिन अघि रिहा गरेको थियो ।

  प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनलाई विथोल्न सक्ने आँशकले विप्लव नेतृत्वका कार्यकर्ताहरु प्रहरीको निगरानीमा रहेका थिए । सोही अनुरुप तनहुँ जिल्लामा पनि निगरानी बढाएको थियो । 

यसरी पक्राउ पर्नेमा विद्यार्थी अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष डम्वर विक, कोषाध्यक्ष विमला आले र राष्ट्रिय युवा जनस्वयमसेवकका जिल्ला सदस्य नरेश विक रहेका थिए । नरेश र विमला भने क्याम्पस डेसमै  प्रहरीद्धारा पक्राउ परेका उनीहरु बुधवार रिहा भए भने डम्बर दुई  दिन अघि विना शर्त रिहा भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप