शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

टिपर र स्कुटर ठक्कर खाँदा एकको मृत्यु

बुधबार, २७ मङ्सिर २०७४, २० : ३६
बुधबार, २७ मङ्सिर २०७४

धुलिखेल – काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ दूधमिल नजिकै आज टिपर र स्कुटर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

पनौतीबाट बनेपातर्फ आइरहेको बा ४ ख ८३१० नं को टिपर र सोही दिशाबाट आइरहेको बा ७७ प ३७० नं को स्कुटर आपसमा ठोक्किँदा स्कुटरमा सवार भक्तपुर सानोठिमी नगरपालिका–४ का २४ वर्षीय आकाश श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी उपरीक्षक सुनिलजंग शाहले बताउनुभयो । 

दुर्घटनामा परी स्कुटरमा सवार अर्का व्यक्ति घाइते भएका छन् । टिपर र स्कुटर प्रहरीको नियन्त्रणमा रहेको र टिपर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप