शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेबारिसे फेला परेको शिशुलाई ‘सेभ हाउस’मा

बुधबार, २७ मङ्सिर २०७४, १९ : ३५
बुधबार, २७ मङ्सिर २०७४

राधिका भुसाल 


प्यूठान – ऐरावति गाउँपालिका ६ चुँजाठाँटी क्षेत्रमा बेबारिसे फेला परेको एक शिशु हप्ता दिन हुँदासम्म पनि कोही आफन्त सम्पर्कमा नआएपछि अहिले सेभ हाउस खलंगामा राखिएको छ । 


सडक नजिकै रहेको झ्याङमा फेला परेको शिशु करिब १ महिनाको छोरा रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख राजेन्द्र पोख्रेलले जानकारी दिएका छन् ।  स्थानीयवासीले बच्चा रोइरहकेको आवाज सुने लगत्तै उक्त ठाँउमा पुग्दा शिशुलाई झ्याङमा फालेको अवस्थामा फेला पारेका थिए । तुरुन्तै प्रहरीलाई खबर गरेपछि शुक्रबार राती नै  प्रहरी टोली शिशु भेटिएको स्थानमा पुगी सुरक्षितसाथ जिल्ला अस्पताल विजुवारमा ल्याएको र अझै एक हप्ता सेभ हाउस खलंगामा राखेने डिएसपी पोख्रेलले बताए । 

एक हप्तापछिसम्म पनि शिशुको आमा अथवा आफन्त नभेटिएमा कुनै राम्रो मान्छे खोजेर बच्चा पालन पोषण र भविष्यको जिम्मा लागाइने उनले भनाइ छ ।  
बेबारिसे फेला परेको शिशुको सामान्य उपचारपछि स्वास्थ्य अवस्था राम्रो भएको डा. समिर लामाले बताएका छन् । करिब ४ दिनसम्म  म्यादी प्रहरीको सहयोगमा  शिशुलाई रेखदेख गर्ने व्यवस्था मिलाइ सोही अस्पतालमै राखिएको थियो । ४ दिन बित्दासम्म  कोही आफन्त सम्पर्कमा नआएको र शिशुलाई पाउडर दुध खुवाइ राखिएको डा. लामाले बताए । 


महिना दिनको  शिशु यसरी फेला पर्नु कुनै अवैध सम्बन्धबाट जन्मिएको हुन सक्ने आंशका गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप