शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा समानुपातिकमा पनि एमाले पहिलो, विवेकशील साझा चौथो

बुधबार, २७ मङ्सिर २०७४, १९ : १४
बुधबार, २७ मङ्सिर २०७४

तनहुँ– प्रत्यक्षतर्फ ४ स्थान जितेको एमाले समानुपातिक तर्फको मतगणना समेत पहिलो पार्टी बनेको छ । प्रतिनिधि सभा २ सिट र प्रदेश सभामा २ सिट गरि ४ सिट जितेको एमाले तनहुँले समानुपातिक तर्फ समेत सबै भन्दा बढी मत ल्याएर पहिलो बनेको छ । समानुपातिक तर्फको मतगणना आज बुधबार सकिएको छ । 
१ लाख ३६ हजार ३ सय ४९ मत गणना गरिएको मा ७ हजार ९ सय ७० मत बदर भएको छ ।

प्राप्त मतपरिणाम अनुसार दुइ वटै निर्वाचन क्षेत्रमा एमालेले कांग्रेस भन्दा बढि मत प्राप्त गरेको छ । एमालेले ५५ हजार २ सय ८५ मत ल्याएर पहिलो पार्टी बनेको छ । त्यसैगरी नेपाली काङ्ग्रेसले ५३ हजार ७ सय १९ मत ल्याएर दोस्रो पार्टी बनेको छ । नेकपा (माओवादी केन्द्र) ले १० हजार ८ सय ९४ मत ल्याएर तेस्रो पार्टी बनेको छ भने २ हजार ७ सय ४१ मत ल्याएर विवेकशील साझा चौथो पार्टी बनेको हो । 

तनहुँ प्रतिनिधि सभा १ मा एमालेले २६ हजार ५ सय ८६, नेपाली कांग्रेसले २६ हजार ५४, माओवादी केन्द्रले ६ हजार २ सय ९५ र विवेकशील साझाले १ हजार ६ सय ३ मत प्राप्त गरेको छ । त्यसैगरि तनहुँ प्रतिनिधि सभा २ मा एमालेले २८ हजार ६ सय ९९, नेपाली कांग्रेसले २७ हजार ६ सय ६५, माओवादी केन्द्रले ४
हजार ४ सय ९९ र विवेकशील साझाले १ हजार १ सय ४८ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक पार्टीले ३ सय ९३, राष्ट्रिय जनमुक्ति पार्टीले ५ सय ९७, नयाँ शक्ति पार्टी नेपालले ५ सय ९ मत ल्याएको छ ।

यस्तै प्रदेश सभामा नेपाली कांग्रेसले ५१ हजार ९८ मत ल्याएर पहिलो भएको छ भने एमाले कांग्रेस पछिको ५० हजार ७ सय ५६ मत ल्याएर दोस्रो, माओवादी केन्द्रले १२ हजार ५ सय ८ मत का साथ तेस्रो र विवेकशील साझा पार्टीले २ हजार १ सय १८ ल्याएर चौथो, राष्ट्रिय प्रजातान्त्रिक पार्टीले ८ सय ६ मत प्राप्त गरेको छ ।
प्रत्यक्षतर्फ चारवटा प्रदेशमा एमाले र माओवादी र दुई-दुई सिट जितेका थिए भने प्रतिनिधिसभातर्फ एमाले बाट तनहुँ क्षेत्र नम्बर १ मा कृष्णकुमार श्रेष्ठ किसान र तनहुँ क्षेत्र नम्बर २ मा एमाले नेता केदार सिग्देल विजयी भएका थिए ।
    
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप