शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगामा सेल्फीले लियो दासको ज्यान

बुधबार, २७ मङ्सिर २०७४, १८ : ४५
बुधबार, २७ मङ्सिर २०७४

ओखलढुंगा–ओखलढुंगामा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । सिद्धिचरण नगरपालिका ४ स्थित रुम्जाटार भीरबाट बुधबार दिउसो सेल्फी खिच्ने क्रममा लडेर भारत बिहार अत्तरदह स्थाई घर भएका ४० बर्षीय राजु दासको मृत्यु भएको हो ।

भारतबाट मजदुरीका लागी रुम्जाटार आएका दासको भीडबाट झन्डै २ सय मिटर तल खसेको अवस्थामा शव फेला परेको ओखलढुंगा प्रहरी प्रमुख डिएसपी अर्जुन तिमिल्सिनाले बताए ।

सो स्थानमा निमार्णाधीन भेटनरी स्कुलको काम गर्दै आएका दास खाजा खाने समयमा फोटो खिच्न भीडतिर लागेका थिए । सोही क्रममा उनी भीडबाट खसेको हुन सक्ने प्रहरीको आशंका छ ।  घटनाका बिषयमा अनुसन्धान भैरहेको र शवलाई पोष्ट माटम्का लागी जिल्ला अस्पताल लगिएको प्रहरीको भनाई छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप