बाम गठबन्धनलाई चेम्बरको बधाई
काठमाडौं– नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वको चेम्वरको पदाधिकारी एवं कार्यसमितिको टोलीले एमाले अध्यक्ष, पूर्व प्रधानमन्त्री एवं संयुक्त बाम गठबन्धनका नेतृत्वकर्ता केपी शर्मा ओलीसँंग भेट गरी बधाई दिएको छ ।
ओली निवास बालकोटमा बुधबार भएको भेटघाटमा सहभागी पदाधिकारी एवं कार्यसमिति सदस्यहरुले प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा संयुक्त बाम गठबन्धनले पूर्ण बहुमत ल्याएसँंगै संक्रमणकालको अन्य भई स्थिर सरकार बनेर आर्थिक बिकास हुने विश्वास व्यक्त गरेका थिए ।
उक्त भेटमा चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले स्थिर सरकार गठनसँंगै मुलुकले आर्थिक समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे । भेटमा एमाले अध्यक्ष ओलीले अवको एजेन्डा नै आर्थिक हुने बताए ।
ओलीले लगानी मैत्री वातावरण तयार पारी मुलुकको आर्थिक विकासलाई अगाडि वढाउँंदै लैजाने विश्वास दिलाउनुका साथै करको अन्तिम भार जनतामा नै पर्ने भएकाले जनतालाई अधिक कर नबोकाउने विश्वास दिलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?