जापान सरकारबाट मोबाईल कार उपहार
काठमाडौं– जापान सरकारले फूलकुमारी महतो मेमोरियल हस्पिटललाई सुविधा सम्पन्न मोबाईल कार उपलब्ध गराउने भएको छ ।
नेपालका लागि जापानका राजदुत मासाशीओगावा र अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले एक समारोह बीच उक्त सम्झौतामा बुधबार हस्ताक्षर गरेका छन् । जापान सरकारले ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट अन्र्तगत मोबाईल कार उपहार स्वरुप प्रदान गरिने भएको हो ।
करिब ६५ लाख मुल्य बराबरको उक्त मोबाईल क्लिनिकले तराई क्षेत्रका धेरै जनताहरुलाई उनीहरुकै घरदैलोमा स्वास्थ्य उपचार सेवा प्रदानगर्न सहयोग पुग्ने राजदुत ओगावाले बताए ।
स्वास्थ्यकर्मी सहित उक्त मोबाईल क्लिनिक विभिन्न गॉउहरुमा नियमित रुपमा गई स्वास्थ्य उपचारमा संलग्न हुने भएकोले सिरहा, धनुषा, उदयपुर र सिन्धुलीका जनताहरुले क्लिनिकबाट प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ ।
दूरदराजकाजनताहरु जसलाई अस्पताल सम्मआई उपचार गर्न गाह्रो हुन्छ उनीहरुका लागिमोबाईल क्लिनिक बरदान सावित हुने फूलकुमारी महतो मेमोरियल हस्पिटलका अध्यक्ष डा. उपेन्द्र महतोले बताए ।